पश्चिमा मुलुकलाई चीनको चेतावनी – हङकङबारे दखल दिए आँखा निकाल्दिन्छौं

५ मंसिर, काठमाडौं । चीनले पश्चिमा मुलुकहरुलाई हङकङको विषयमा धेरै दखल नदिन कडा चेतावनी दिएको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र बेलायतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै चीनसँग हङकङको संसदबाट हटाइएका चार सांसदलाई पुनर्बहालीको माग गरेका थियो ।

यस विषयमा जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले ‘फाइभ आइज’ समूहमा आबद्ध मुलुकहरुलाई यस्तो चेतावनी दिएका हुन् ।

उक्त पाँच मुलुकको समूहलाई ‘फाइभ आइज’ पनि भनिन्छ । यी मुलुकहरुले एकआपसमा आफ्नो गोप्य जानकारी साटासाट गर्दै आएका छन् । यो समूहको गठन शीतयुद्धको क्रममा गरिएको थियो । सुरुवातमा सोभियत संघ र उसका सहयोगीमाथि नजर राख्न निर्माण गरिएको थियो ।

अहिले सोही समूहले हङकङको विषयमा उठाएको आवाजबारे जवाफ दिँदै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले भनेका छन् – चिनियाँहरु आफू कहिले पनि समस्या सृजना गर्दैनन् तर आफ्नो बाटोमा कोही आउँछ भने उनीहरुसँग डराउँदैनन् ।

आँखा ५ होस्, १० होस् वा जतिसुकै होस्, चीनको सार्वभौमिकता, सुरक्षा र विकासमा समस्या उत्पन्न हुने गर्छ भने सावधान ! आँखा निकालिन सक्छ ।

लिचियानले हङकङको मुद्दामा बाहिरी मुलुकले औंला उठाउनु अन्तर्राष्ट्रिय नियम र आधारभूत अन्तर्राष्ट्रिय सम्बन्धको अवधारणाको उल्लंघन भएको बताए ।

गत साता चीनले हङकङको विषयमा एक प्रस्ताव पारित गरेको थियो । जसको आधारमा राष्ट्रिय सुरक्षाका लागि जोखिम भएका नेताहरुलाई हङकङको सरकारले संसदबाट हटाउन सक्छन् । त्यसैको आधारमा हङकङले चार प्रजातान्त्रिक पक्षधर सांसदहरुलाई हटाएको थियो । यससँगै ‘फाइभ आइज’ समूहले चीनलाई आफ्नो निर्णय सच्याउन अपिल गर्दै विज्ञप्ति जारी गरेको थियो ।

भर्खरै प्रकाशित

प्रचण्ड निकट नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा…

झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि…

एनआइसी एसिया बैंकका सिइओ रोशनकुमार न्यौपानेको तलब साढे २ करोड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। एनआएसी एसियालाई…

सिरानीमा मोबाइल राखेर सुत्ने गर्नुभएको छ ? अब यो भूल…

काठमाडौं- मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै…

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना…

अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका…