प्रचण्ड जस्तो मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले ‘मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भयौं’ भनेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले पञ्चायतले समेत लगाउन नसकेको आरोप प्रचण्डले ओलीमाथि लगाएको भन्दै मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न वाध्य भएको बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा शुक्रबार बिहानै थापाले प्रचण्डले गैरजिम्मेवार भएर ओलीमाथि आरोप लगाएको समेत बताए ।

नेकपाको सचिवालयको बैठकका क्रममा प्रचण्डले गत शुक्रबार राजनीतिक प्रतिवेदनका रुपमा आरोपपत्र पेश गरेका थिए । उक्त आरोपपत्रमा ओलीले गरेका भ्रष्टाचार र बेथितिका चाङहरु प्रचण्डले बाहिर ल्याएका थिए ।

उक्त प्रतिवेदनपछि आरोप प्रत्यारोप चलिरहेको छ । प्रचण्डको प्रतिवेदनको जवाफमा ओलीलेसमेत आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रतिवेदन पेश गर्ने भएका छन् ।

ओलीले मित्थ्या आरोप लगाएर अपमान गरेको भन्दै प्रमाणित गर्न नसके अध्यक्ष पद छाड्नुपर्ने तर्क पनि गरेका छन् । यो भनाइबाट प्रचण्डको कार्यकारी अध्यक्ष पद धरापमा परेको छ ।

नेता थापाले प्रचण्डलाई आरोप लगाउन कुनै प्रमाणको पनि जरुरी नभएको र मन नपरेपछि जसलाई जे भने पनि हुने रहेछ भनी तर्क गरेका छन् । उनले अहिलेसम्म प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आरोप लगाउन नसकेका विषयमा प्रचण्डले आरोप लगाएको बताएका छन् ।

थापाले ‘मेरो आसेपासेको काम भएन भनेर सचिवालय बैठकमा अध्यक्षलाई आरोप लगाउनु गलत हो’ भनेका छन् । थापाले महाधिवेशनसम्म बहुमतका आधारमा नभइ सहमतिका आधारमा अगाडि बढ्ने सहमति भएको भन्दै अन्य सबै अफबाह भएको पनि स्पष्ट पारेका छन् ।

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली पार्टी एकताका लागि स्पष्ट रहेको भन्दै ओली प्रचण्डको पनि अभिभावक भएको बताए ।

प्रचण्ड अनैतिक र गैरजिम्मेवार हुँदा पनि प्रधानमन्त्री ओलीले गल्ती सुधार्न मौका दिने बताएका छन् । उनले पतनको बाटोमा पुगेको माओवादीलाई छहारी दिने काम प्रधानमन्त्री ओलीको भएको भन्दै प्रचण्डलाई फेरि पनि माफी दिएर छहारी दिने स्पष्ट पारेका छन् ।

पार्टीमा भएको किचलोका बेलामा प्रधानमन्त्री ओली चिनियाँ राजदूतसँग भेटेकोप्रति भने थापा फितलो ढंगले पेश भएका छन् । उनले काठमाडौंमा ३० वटा दूतावास भएको भन्दै जोसुकै राजदूत आएर पनि प्रधानमन्त्रीलाई भेटेर शुभकामना दिन सक्ने, छलफल गर्न सक्ने बताए ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…