भारतीय एसएसबीले नेपाली नागरिकलाई आफ्नो भुमिकै फोटो खिच्न दिएन

दाङ । भारतसँग जोडिएको दाङको कोइलाबास नाका स्थित दशगजामा सेल्फि लिने र दशगजाको फोटो खिच्नेको लामो लर्काेनै लाग्यो । बुधवार कोइलाबास नाकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको सेल्फि लिने र दशगजाको फोटो खिच्नेहरूको लर्काे लागेको हो । सिमा क्षेत्रमा पर्यटकहरूको खचाखच भिडभाड थियोे ।

पहिलोपटक सिमा स्तम्भमा पुगेर फोटो खिचाउने ठुलो इच्छा थियो लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी ओमप्रकाश सुवेदी (सागर) लाई तर, दशगजामा रहेको नेपाल भारत लेखेको ३९ नम्बर पिलरमा भारतीय एस.एस.पिद्वरा फोटो खिच्न नदिदा उहाँले दुखेसो पोख्नुभयो ।

‘आफ्नै नेपाली भुमिमा पनि फोटो खिच्ने पाइदैन र ? उनिहरूको देशमा त गएर फोटो खिचेको छैनौं नि? आफ्नै नेपालको भुमिमा फोटो खिच्दा मोबाइल र क्यामरा खोस्ने जस्तो गर्छन् भारतीय एस.एस.पिले, लमही नगरपालिका वडा नम्बर ५ निवासी शेरसिंङ खड्काले भन्नुभयो ।’

‘हाम्रा बाउ बजेले नुन बोक्नु भएको कोइलाबास नाका कस्तो रहेको रहेछ भनेर हामी घुम्नलाई निस्किएको थियौ । पहिले जाने बाटो थिएन, अहिले बाटो निर्माण भएपछि हामी बाउ बजेले नुन बोकेको ठाउँमा गुन तिर्न आएको हो, खड्काले भन्नुभयो,–। ‘आफ्नै भुमिमा पनि फोटो खिच्नै नपाइने कस्तो विडम्बना हो । भारतीय एस.एस.पिले गालि गर्नुका साथै मोबाइल र क्यामरा खोस्ने प्रयास गर्छन् ।’

भारतसँग जोडिएको लमही कोइलाबास हुलाकी राजमार्ग कालोपत्रे भएपछि कोइलाबास नाकामा पर्टयकहरूको संख्या ह्वात्तै बढेको हो । बाउ बाजेले नुन बोकेको र नेपालको जनकपुरधाम पछिको दोस्रो ठुलो रामजानकी मन्दिर भएको हुनाले कोइलाबास नाकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइचो लाग्ने गरेको हो । घुम्न आउने प्रायः सबै पर्यटकहरूले सिमा क्षेत्रमा रहेको नेपाल भारत दशगजा स्थित ३९ नम्बरको नेपाल लेखेको पिलरमा भारतिय एस.एस.पिले फोटो खिच्न नदिएको गुनासो पोख्ने गरेका हुन् ।

भारतीय सशस्त्र क्याम्पको खिच्छन् भनेर दशगजामा भारतीय एस.एस.पिले फोटो खिच्न मनाही गरेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘सिमा क्षेत्र स्थित नेपालको प्रवेशद्वार गेटबाट नेपाल तर्फ जति फोटो खिच्न पनि पाइन्छ तर, दशगजामा गई पिलरमा बसेर फोटो खिच्दा भारत तर्फ रहेको सशस्त्रको क्याम्पको फोटो सार्वजनिक हुने भएको कारण त्यसतर्फ फोटो खिच्न रोक लगाएको हो । हामीलाई पनि दिदै फोटो खिच्न । रिपोर्टिङको क्रममा आउने पत्रकार सरहरूले नेपाल प्रहरी र सशस्त्रसंग समन्वय गरेर फोटो लिने गर्नु भएको छ ।’

यता लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्साको विवादका कारणले गर्दा त्यसो गर्न खोजेको हुन सक्ने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘पर्यटकलाई हाम्रो नेपाली भुमिमा कसैले पनि फोटो खिच्ने सवालमा हस्तक्षेप गर्न सक्दै । उनिहरूको देश तर्फ गएर फोटो नलिने । हाम्रो भुमिमा रहेर मज्जाले फोटो लिन सकिन्छ । केही कुरामा हामी पनि संवेदनशील हुन आवश्यक छ ।झ ञत्यस्तो समस्या परे वि.ओ.पि. कोइलाबासमा भनी दिउला ।’

लमही कोइलाबास हुलाकी राजमार्ग कालोपत्रे नहुदा दुई देखि तीन घण्टा लगाएर कृष्णनगर नाका हुँदै भारतीय भुमि बढ्नी, तुलसिपुर हुदै कोइलाबास नाका जानुपर्ने बाध्यता थियोे, गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले भन्नुभयो,–। ‘लमही कोइलाबास बाटो कालोपत्रले भएसंगै भारतीय भुमि प्रयोग गर्ने बाध्यता अन्त्य भएको छ । अब हामी नेपाली भुमि हुदै लमही गढवा, कक्रहवा, जमुनिवाब, चिसापानी, मौरीया हुदै सजिलोसँग कोइलाबास नाका पुग्छौं ।’ ‘अव हामीलाई भारतीय भुमि प्रयोग गरेर कोइलाबास जानू पर्दैन ।’

सिमा क्षेत्रमा पर्यटकको घुइँचो

कुनै बेला सुनसान र दिउँसो हिड्नै डर पैदा हुने कोइलाबास नाकामा अहिले चहलपहल बढेको छ । लमही कोइलाबास हुलाकी राजमार्ग सडक खण्ड कालोपत्रे भएसंगै कोइलाबास नाकामा चहलपहल बढेको हो । घुम्नको लागि कुनै बेला एउटा दुईवटा मान्छे मात्रै आउने कोइलाबास नाकामा अहिले दिनमै दुई हजार देखि तिनहजार सम्म पर्यटकहरूको उपस्थिति हुने गर्छ, गढवा गाउँपालिका नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले भन्नुभयो,–।

‘पहिलेको तुलनामा अहिले कोइलाबासमा निकै चहलपहल बढेको छ । कोइलाबासमा रहेको रामजानकी मन्दिरको दर्शनको लागि, पार्क, निर्माणधिन भ्युटावर, सिमा क्षेत्र हेर्न र घुम्नको लागि आन्तरिक तथा बाह्य पर्यटकहरू उपस्थित राम्रो छ ।’ तस्विर : प्रतिनिधात्मक / गुगल 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…