देशकै ठूलाे सबस्टेशनकाे काम सकियाे, १२०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने

काठमाण्डाै – निर्माण व्यवसायीको लापर्बाही, कोरोना भाइरसको सङ्क्रमणलगायत कारणले समस्यामा परेको देशकाे सबैभन्दा ठूलो सबस्टेशन ढल्केबरकाे निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कुल ४०० केभी क्षमताको याे सबस्टेशन बुधबार रातिदेखि पूर्णरुपमा चार्ज भइ सञ्चालनमा आएको हो । प्राधिकरणले प्राविधिक भाषामा त्यसलाई ‘फूल लोड’मा चार्ज भएको जनाएको छ ।

आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतीक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट एक हजार २०० मेगावाट विद्युत् आदानप्रदानका लागि बाटाे खुलेकाे छ । कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युतसमेत त्यही सबस्टेशनमा जोडेर पूर्व–पश्चिम प्रवाह गरिनेछ ।

याे सबस्टेशन विसं २०७२ माघमा पहिलो पटक १३२ केभीमा चार्ज भएको थियो । त्यसपछि भारतबाट कुल ८० मेगावाट विद्युत् आयात भएको थियो । यस्तै, २०७४ सालमा याे सबस्टेशन २२० केभीमा चार्ज गरिएको थियो । नेपाल–भारत अन्तर्देशीय प्रसारण लाइनको रुपमा ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभी क्षमताको भएकाले विद्युत् आदानप्रदानका लागि महामार्गसमेत निर्माण भइसकेको छ ।

प्राधिकरणका अनुसार ढल्केबर सबस्टेशन अब १३२, २२० र ४०० क्षमतामा नै सञ्चालन गर्न सकिनेछ । यस्तै पूर्व–पश्चिम जहाँ जति मात्रामा विद्युत् आवश्यक पर्दछ प्रवाह गर्न सकिनेछ । चालु आर्थिक वर्षमा नै माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउनसमेत बाटाे खुलेकाे छ ।

याे सबस्टेशन नेपाली लगानी तथा नेपाली प्रविधिमा निर्माण सम्पन्न भएको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड कम्पनीले तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । आयोजनाको परामर्शको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो ।

गएकाे वैशाख अन्तिम हप्ता नै याे सबस्टेशन निर्माण सम्पन्न हुने अवस्थामा पुगे पनि कोरोना भाइरसको जोखिमका कारण रसुवागढी भन्सार नाकामा आइपुगेको सामान आयोजना स्थल पुर्‍याउन सकिएको थिएन । पूर्वकार्यकारी निर्देशक घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न भएकाेमा प्रसन्नता व्यक्त गर्दै नेपालका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

विसं २०७५ सालदेखि निर्माण सुरु भएको याे सबस्टेशन आफू प्राधिकरणमा रहँदा नै सम्पन्न हुने अपेक्षामा रहे पनि कोरोनाका कारण पछाडि सरेको भन्दै उहाँले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भन्दै सरोकार भएका सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…