ओलीले दाहाललाई भने- भिड्नै खोजेको हो ?

काठमाडौँ — पार्टी बैठक बोलाउने विषयमा नेकपाका दुई अध्यक्षबीच मंगलबार पनि तनावपूर्ण संवाद भएको छ ।

धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यहरुको अनौपचारिक बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटमा तिक्ततापूर्ण संवाद भएको बताएका छन् ।

धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक अगाडि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बिहीबार बैठक बस्ने गरी सहमति गर्न प्रस्ताव गरेपछि उनीहरुबीच तनावपूर्ण संवाद भएको हो ।

सचिवालयका एक सदस्यका अनुसार दाहालले सचिवालय बैठकमा ओलीसँग भेटबारे बिफ्रिङ गरेका थिए, ‘मैले बिहीबार बैठक बसौं भनें । तर, उहाँ (ओली) ले तुरुन्तका तुरुन्तै किन गर्नुपर्‍यो ?

पहिला हामी सहमति गरौं । त्यसपछि बैठक बसौंला भन्नुभयो । त्यसपछि मैले अब तुरुन्तै बैठक गर्नुपर्छ भनें। हामीले हिजोसम्म समय दियौं । अब भोलि तपाईं बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरेको थिएँ ।’

ती सचिवालय सदस्यका अनुसार दाहालले ओलीको भनाइ उद्धृत गर्दै बैठकमा बिफ्रिङ गरेका थिए, ‘तपाईंहरु भिड्नै खोजेको हो ?

भिड्नै खोजेको हो भने भिडौं । तपाईंहरु एक्सनमा जानुभयो भने मैले भनेकै छु, म महाएक्सनमा जान्छु ।’

धुम्बाराहीमा मंगलबार साँझ बसेको दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले बिहीबारसम्म औपचारिक बैठकका पर्खने निर्णय गरेको छ ।

त्यत्तिबेलासम्म पनि ओली तयार नभए औपचारिक बैठकतिर अगाडि बढ्ने उनीहरुको योजना छ ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…