फेरि भयो प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग

केही समय अघि प्रधानमन्त्रीको ट्वीटर ‘पीएम नेपाल’ को समेत दुरुपयोग भएर भारतीय प्रतिपक्षी दल काँग्रेस र भाजपाबीचको विवादको सन्दर्भमा भएको ट्वीट रिट्वीट भएको घटना सेलाउन नपाउदै अर्को ट्वीटर काण्ड भएको छ ।

फेरी प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल दुरुपयोग गर्दै ‘केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डलबाट मंगबलार असम्बन्धित ट्वीट भएको हो । सो ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको ट्वीटरमा असम्बन्धित विषयको ट्वीट भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि एकाएक ट्वीट हटाइएको छ ।

पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको ट्वीटमार्फत शुभकामना दिइएको छ । यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुसी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको छ । जवकी ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ ।

कसरी प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट हुन पुग्यो भनेर सल्लाहकार थापालाई रातोपाटीले सम्पर्क गर्दा सम्पर्कमा आएनन् । यद्यपी सोही व्यहोराको ट्वीट आफ्नो ट्वीटर ह्याण्डलबाट पनि गरेका छन् ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…