सीके राउतका सहयोगी महतोले बनाए अलगै नयाँ समूह

२३ कात्तिक, जनकपुरधाम । सीके राउत नेतृत्वको तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले अलग्गै स्वाधीन मधेस जनअभियान नामक संगठन खोलेका छन् ।

उनको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जन–अभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा घोषणा गरिएको छ ।

सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपछि महतो असन्तुष्ट थिए ।

महतोले बनाएको समितिमा रमेश सिंह (महोत्तरी), संजय कुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुव प्रसाद कहार ‘गौंड’ (नवलपरासी), महेन्द्र प्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेश प्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बांके), जगरनाथ सहनी (रुपन्देही), प्रवीण महतो (मोरंग) र नारदमुनि मण्डल (सप्तरी) लाई चयन गरिएको छ ।

संयोजक महतोले देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको बताए ।

उनले काठमाडौं र मधेसका बीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने पनि बताए ।

महतोले आफूले स्वतन्त्र र राजनीतिक अभियान सुरु गरेको भन्दै मधेससँग राज्यले गरेका विगतका सम्पूर्ण सहमति र सम्झौताहरुको खोजतलास गरी उचित व्याख्या र विश्लेषणको आधारमा कार्यान्वयन गर्न दबाब दिने पनि घोषणा गरे ।

मधेसीले विदेशीको भन्दा पनि अपहेलित र अधिकारविहीन भएर बस्नुपरेको अवस्थालाई राज्यले गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ छ ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…