हिरासतमा मोबाइल चलाएको भन्दै अर्नबलाई जेल पठाइयो

एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्सहान घटनामा पक्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ।

न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो। भारतीय समाचार संस्था (पिटिआई)का अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो।

प्रहरीले उनले अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको जनाएको छ।

तलोजा जेल लाँदैगर्दा अर्नबले कराएर अलिबागका जेलरले शनिबार साँझ उनीमाथि कुटपिट गरेको आरोप लगाएका थिए। यस्तै आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएको उनको आरोप छ।

अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि दुरूत्सहान गरेको भन्दै पक्राउ गरेको हो।

ती इन्टेरियर डिजाइनरले सुसाइट नोटमा अभियूक्तहरूले आफ्नो भूक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए।

अर्नबको जमानत याचिका बम्बे हाईकोर्टले आज फैसला सुनाउँदैछ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…