चीनदेखि रुसका राष्ट्रपतिले जो बाइडेनलाई किन बधाइ दिएनन् ?

वासिङटन । अमेरिकामा हालै सम्पन्न निर्वाचन जो बाइडेनले जित्दा विश्व समुदायले उनलाई बधाइ दियो ।

यतिसम्म कि, कतिपय विपन्न देशका जनताले समेत बाइडेन र कमला ह्यारिसको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरुलाई बधाइ र शुभकामना दिए । तर केही शक्तिशाली देशका प्रमुख र नेताले भने बाइडेनको जितप्रति कुनै पनि प्रतिक्रिया दिएका छैनन् । आइतबारसम्म पनि उनीहरु लगभग मौन छन् ।

मेक्सिकन राष्ट्रपति एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले त सबै कानुनी चुनौती समाधान नभइन्जेल आफू बाइडेनलाई बधाइ नदिने बताए । लोपेज ओब्रादोरले प्रेस सम्मेलनको क्रममा भने, ‘चुनावसँग सम्बन्धित सबै कानुनी मुद्दा समाधान नभइन्जेल हामी रोकिन्छौँ, हामी लापरवाही गर्दैनौँ ।’

मेक्सिकन राष्ट्रपतिले भने डोनल्ड ट्रम्प र जो बाइडेन दुबै नेतासँग आफ्नो देशको उत्तिकै राम्रो सम्बन्ध भएको प्रतिक्रिया दिए । यस्तै ट्रम्पसँग सुमधुर सम्बन्ध राख्ने प्रतिष्ठित नेताहरु बाइडेनको जितमा मौन देखिएका छन् ।

ब्रालिजका राष्ट्रपति जइर बोल्सोनारो र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानले बाइडेनको जितमा कुनै प्रतिक्रिया दिएका छैनन् । यसवाहेक अर्का दुई विश्व शक्ति मानिएका चीन र रुसका राष्ट्रपति सी जिनपिङ र भ्लादिमिर पुटिनले समेत बाइडेनलाई बधाइ दिएनन् ।

चुनावी प्रतिस्पर्धाको बीचमा बोल्सोनारो र बाइडेनबीच त तिक्तता नै रहेको बताइन्छ । बाइडेनले ट्रम्पसँगको पहिलो बहसको क्रममा अमेजोन जंगल रक्षाका लागि ब्राजिललाई दबाब दिनुपर्ने बताएका थिए ।

तर बोल्सोनारोले लगत्तै उक्त भनाइको खण्डन गर्दै बाइडेनको भनाइलाई ‘विनाशकारी’को संज्ञा दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते लगायत नेताहरुले भने बाइडेन निर्वाचित भएलगत्तै बधाइ दिएका थिए ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…