दोस्रो पटक मिर्गौला फेरेपछि हाच्छ्यूँ आउँदैन, जुँगा पनि काला आउन थाले : प्रधानमन्त्री ओली

नेकपा वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि बालुवाटार आउन खबर गयो।

बिहान खबर आएपछि वरिष्ठ नेता नेपाल पनि आफूनिकट तीन स्थायी कमिटी सदस्यहरू लिएर मध्यान्ह बालुवाटार पुगे।

वरिष्ठ नेता नेपालसँगै स्थायी समिति सदस्य भीम रावल,सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेका थिए।

छलफलमा प्रधानमन्त्रीका तर्फबाट भने उनीमात्रै थिए। सुरूमा उनले पार्टी संकटमा परेको, फुटको संघारमा पुगेको भनेर लामो व्याख्या गरे।

‘त्यस्तो ठोस कुरा केही भएन। प्रधानमन्त्रीले लामो गनगने कुरा गर्नुभयो। पार्टी फुटको संघारमा छ जस्तो कुरा गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले सेतोपाटीसँग भने,’यस्ता गनगने र तपसिलका कुराले के हुन्छ र? भनेर हामीले भन्यौं। पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले तपाईंनै लचिलो हुनुपर्छ भनेर भनेका छौं।’

तीन घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले पार्टी समस्याकै बारेमा कुरा गरे। वरिष्ठ नेता नेपाल र उनीसँगै गएका नेताहरूले पार्टी बैठक, विधि र विधानका कुरा गरे।

सुरूमा आफ्ना धारणा राखेका प्रधानमन्त्री ओलीले नेपाल पक्षका कुरा सुनिसकेपछि छोटो कुरा गरे। जुन अरूले सोचेभन्दा बिल्कुलै फरक थियो।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको प्रसंग जोडेर आफू अझै सक्रिय रहने भन्दै घुमाउरो रूपमा आफूलाई कमजोर नआँक्न समेत भनेको एक नेताले बताए।

‘उहाँले लास्टमा रमाइलो कुरा भन्नुभयो। दोस्रोपल्ट मेरो किड्नी परिवर्तन गरेपछि खै के भएको हो कुन्नि हाच्छ्यूँ पनि आउँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने,’यताउता केही पनि भएको छैन। तरल र ताजा पनि छु, झन-झन बलियो भएको छु।’

प्रधानमन्त्री ओलीले आफ्ना जुंगा पहिला सबै सेता आउने तर अहिले भने आधा कालो भएर आउन थालेको समेत बताएको ती नेताले बताए।

‘मेरा त जुंगा पनि आधा कालो भएर आएका छन्, मेरो पनि त भूमिका होला नि भन्नुभयो। अब बुझी त हाल्नुभयो नि,’ ती नेताले भने।

गत फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…