खाडीदेशहरुबाट करीब १ लाख नेपाली श्रमिकको माग

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक मानिएको यूएई, साउदीलगायत मुलुकबाट करीब १ लाख श्रमिकको माग गरिएको छ ।

कोभिड–१९ का कारण मुलुकभित्र बेरोजगारी बढिरहँदा रोजगारीका लागि आकर्षक गन्तव्य मानिएका मुलुकबाट ठूलो संख्यामा श्रमिकको माग भए पनि मागपत्र प्रमाणीकरण नै हुन सकेको छैन ।

कोभिड–१९ को त्रासका कारण दुबई, साउदीलगायत देशबाट ठूलो संख्यामा आप्रवासी कामदार आआफ्नो घर फर्किएपछि अहिले ती देशमा अत्यधिक रूपमा कामदारको माग भएको बताइन्छ ।

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार कोरोनाको त्रासका कारण केही समय कम्पनीहरू टाट पल्टिएर कामदारहरूलाई घर फर्काउन बाध्य भए पनि अवस्था सामान्य उन्मुख भएसँगै ती देशबाट विशेषतः सेवाक्षेत्रअन्तर्गत हस्पिटल, होटेल, सुपर स्टोर, निर्माणजस्ता क्षेत्रबाट कामदारको माग भएको छ ।

साउदीबाट मात्रै ५० हजारको हाराहारीमा श्रमिकको माग भएको छ । त्यस्तै यूएई, ओमान, बहराइनलगायत मुलुकले पनि साउदीकै हाराहारीमा श्रमिक पठाइदिन भनेका छन् ।

तर, त्यहाँस्थित नेपाली दूतावास तथा नियोगहरूले मागपत्र प्रमाणीकरण नै नगरिदिँदा समस्या उब्जिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताएका छन् ।

नेपाल सरकारले गत चैतमा वैदेशिक रोजगारमा जान लगाएको प्रतिबन्ध भदौबाटै खुला गरे पनि नियोगहरूले कोरोनालाई कारण देखाउँदै मागपत्र प्रामाणीकरण हुन नसकेको आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…