रुसले पाकिस्तानसँग मिलेर भारतलाई दियो झट्का !

काठमाडौं। भारतको लगातार विरोधलाई बेवास्ता गर्दै रुसको एक सैन्य दस्ता बिहीबार पाकिस्तान पुगेको छ । रुसी सैन्य दस्ताले पाकिस्तानमा पाकिस्तानी सेनासँग मिलेर संयुक्त सैन्य अभ्यास गर्नेछ ।

पाकिस्तानी र रुसी सेनाको यो संयुक्त सैन्य अभ्यासलाई द्रज्बा–५ नाम दिइएको छ । समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाकिस्तान र रुसबीच यो पाँचौं संयुत्तः सैन्य अभ्यास हो । यो अभ्यास २ हप्तासम्म चल्नेछ ।

आतंकवादसँग लड्नको लागि दुई देशको अनुभव साटासाट गर्न यो अभ्यास गर्न लागिएको बताइएको छ । पाकिस्तानी सेनाको मिडिया विंगका अनुसार यो सैन्य अभ्यासमा स्काइडाइभिङ र बन्धकहरुलाई मुक्त गर्ने जस्ता गतिविधिको अभ्यास गरिनेछ ।

पाकिस्तान र रुसको सैन्य अभ्यास हरेक वर्ष गरिन्छ । २०१६ देखि नै पाकिस्तान र रुसको सेनाले यो अभ्यास गर्दै आएका छन् । रुस र पाकिस्तानको सैन्य साझेदारीको भारतले भने बिरोध गर्दै आएको छ ।

भारतले रुससँग पाकिस्तानले आतंकवादलाई संरक्षण गर्ने दावी गर्दै पाकिस्तानसँग सैन्य साझेदारी नगर्न भनिरहेको छ तर रुसले भने भारतको यो आग्रहलाई बेवास्ता गर्दै आएको छ ।

अहिले पुनः संयुक्त सैन्य अभ्यासका लागि रुसी सेना पाकिस्तान पुग्नुलाई भारतको लागि ठूलो झट्का मानिएको छ । यही वर्ष सेप्टेम्बरमा पनि रुस र पाकिस्तानबीच सैन्य अभ्यास भएको थियो जसका लागि पाकिस्तानी सेना रुस गएको थियो ।

शितयुद्धको समयमा पाकिस्तान रुसविरोधी गुट अर्थात अमेरिकाको साथमा थियो तर विश्वव्यापी परिवर्तनको क्रममा पाकिस्तान रुसको पक्षमा पुगेको छ जसलाई भारतको लागि ठूलो चिन्ताको विषय मानिएको छ । भारत पाकिस्तान र रुसको सैन्य साझेदारी तोड्न प्रयासरत छ तर यी दुई देशबीचको साझेदारी झनै बलियो हुँदै गएको मानिएको छ ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…