ओली सरकारको विकल्प खोज्न थाल्यो जनता समाजवादी पार्टी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चलिरहेको बेला जनता समाजवादी पार्टी नेपालले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न थालेको छ ।

नेकपाकै शीर्षस्थ नेताहरुले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव दिइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने भनिरहेको बेला जसपा नेपालले पनि लगातार सरकारको विकल्प खोज्ने विषयमा जोड दिएका रहेको छ ।

सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो समाजिक सञ्जाल तथा विभिन्न औपचारिक मञ्चहरुबाट ओली नेतृत्व सरकारको विकल्प खोजौँ भनि आह्वान गर्दै आएका छन् ।

ओली नेतृत्वको सरकार संकटमा रहेको बेला ओली तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले काँग्रेस तथा जसपा नेपालका नेताहरुसँग आन्तरिक रुपमा छुट्टाछुट्टै छलफल गरिरहेका छन् । यदि नेकपा फुट्यो भने बहुमतको सरकार बनाउनका लागि काँग्रेस वा जसपा नेपालबाट सहयोग लिनुपर्ने हुन्छ ।

त्यसको तयारीका लागि नेकपाका नेताहरुले यी दुवै दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेको स्रोतले जनाएको छ । यस अवस्थामा जसपाले सरकारको विकल्पबारे जोडतोडले कुरा उठाउन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आजै आफ्नो फेसबुकमार्फत ओली नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।

कोरोना महामारी फैलिएको अवस्थामा सरकारले आप्mनो जिममेवारीपूर्वक कार्य गर्न नसकेकोे आरोप लगाउँदै यादवले यस्तो संकटको घडीमा सरकारले आफ्नो हात झिक्नु र पीसीआरसम्मको परीक्षण पनि निःशुल्क गराउन नसक्नु गैरजिम्मेवार काम रहेको टिप्पणी गरेका छन् ।

यादवले आफ्नो जीवन रक्षा आफैं गर, सरकारले सक्दैन भन्नु जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनु, के नेपालमा जनताका लागि यो सरकार हैन र ? केपी ओली सरकारको के काम भनि प्रश्न गरेका छन् ।

आफू असफल र असक्षम सिध्द भइसकेपछि पनि किन सरकारमा बसिरहनु भनि प्रश्न गर्दै अध्यक्ष यादवले अब जनता नै सचेत हुन जरुरी छ र त्यसको विकल्प खोज्ने बेला आएको बताएका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा सहभागि थिए । तर प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि यादव राजीनामा दिएर निस्केका हुन् । निस्केदेखि नै सरकारको आलोचना गर्दै विकल्पको खोजीमा लागेका थिए । त्यसका लागि उनले विभिन्न तहमा कुराकानी पनि गरेका छन् । अहिले पनि उनी ओलीलाई सरकारबाट हटाउनका लागि विभिन्न पहल गरिरहेका छन् ।

भर्खरै प्रकाशित

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…