घोडाबाट लडेर कर्णालीका मुख्यमन्त्री शाही घा’इते, हेलिकप्टरबाट उद्धार

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घा’इते भएका छन्।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन्।

मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिंदा लडेर घाइते भएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए।

मुख्यमन्त्री शाहीलाई अहिले सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ।

मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। रासस

 

भर्खरै प्रकाशित

एमालेको तेस्रो धारका नेताहरु आक्रोशित : १० बुँदे सहमति कार्यान्वयन…

काठमाडौं । एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रीय सदस्यहरु आक्रोशित बनेका छन् । शुक्रबारबाट सुरु भएको…

यस कारण प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई…

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…