सडकमा खाना खुवाउँदा स्वस्थकर नहुने भन्दै कुनै पार्टी प्यालेसमा खाना खुवाउनुस् : मेयर शाक्य

काठमाडौँको तारकेश्वर नगरपालिकामा मानवसेवा आश्रम स्थापना (भवन निर्माण) का लागि प्रक्रिया शुरु भएको छ। काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गाको व्यवस्थापनको काम थालिएको आश्रमले जनाएको छ।

भवन निर्माणका लागि आज मानवसेवा आश्रम र ती नगरपालिका बीच प्रस्तावित सम्झौताका विषयमा छलफल भएको छ। आवश्यक प्रक्रिया पुरा भए यहाँ सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि ‘शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ बन्ने छ। एक वर्षभित्र भवन निर्माण गरिसक्ने प्रस्तावित योजनामा उल्लेख छ।

त्रिपक्षीय बैठकले तारेकेश्वर ३ मा रहेको ३४ रोपनी खाली जग्गा स्वीकृतिका लागि सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ। बैठकमा प्रस्तावित डिजाइनका विषयमा समेत छलफल भएको थियो। भवन निर्माणका लागि झण्डै सात करोड ३८ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तावि डिजाइन भएकाले अझै अध्ययन गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। आश्रम बनेपछि सञ्चालन र व्यवस्थापनमा समेत सबै निकायले सहयोग गर्नुपर्ने र उपत्यकाको सडक मानव व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

फरक प्रसङ्ग जोड्दै प्रमुख शाक्यले सडकमा खाना खुवाउँदा स्वस्थकर नहुने भन्दै कुनै पार्टी प्यालेसमा खाना खुवाउन सम्बद्ध संस्थालाई अनुरोध गरे। यसका लागि महानगर आवश्यक सहयोग गर्न तयार रहेको समेत उनले बताए। तारकेवर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले आश्रमसँग विगतमा काठमाडौँ महानगरले सहकार्य गर्दै आएकोमा अब तारेकेश्वरले समेत सहकार्य गर्ने अवसर प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गरे।

मनवसेवा आश्रमले विभिन्न कारणबाट घरबारविहीन भइ खुला आकाशमुनी कष्टकर रुपमा जीवन यापन गर्न विवश तथा शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तिलाई संरक्षण दिँदै आएको छ। आश्रमले विसं २०८२ सालसम्ममा मुलुकलाई नै सडकमानवरहित देश बनाउने महत्वकांक्षी योजना अघि सारेको छ। सोही योजना अनुसार उपत्यकालाई मानवीयताको शहर बनाउने लक्ष्यसहित तारकेश्वरमा आश्रम स्थापना गर्न लागिएको हो।

आश्रम स्थापनापछि त्यसको सञ्चालन तथा व्यवस्थापन, नीति निर्माणलगायत कार्य गर्नका लागि महानगरपालिकाका प्रमुखको संयोजकत्वमा निर्देशक समिति रहने गरी प्रस्तावित खाका तयार पारिएको छ। सरकारबाट जग्गा प्राप्त भएपछि निर्माणको काम अघि बढ्ने जनाइएको छ। भवन निर्माणका लागि आवश्यक सहयोग महानगर र नगपालिकाबाट हुनेछ भने मानवसेवा आश्रमले सहयोपेक्षि सडक मानवहरुको उद्धार, रेखदेख, संरक्षण तथा उपचारपछि पुनःस्थापनको काम गर्नेछ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका सदस्य सञ्जिव शाक्यले आश्रमको भवन निर्माणका विषयमा गरिएको प्रारम्भिक अध्ययन र नक्साको विषयमा जानकारी गराएका थियो। सात प्रदेशको २१ स्थानमा शाखा खोलेर आश्रमले सहयोगापेक्षि सडकमानवको व्यवस्थापन गर्दै आएको छ। आश्रमले अहिलेसम्म तीन हजार बढीको उद्धार गरेकोमा झण्डै एक हजार व्यक्तिलाई परिवारमा मिलन गराइसकेको छ भने एक हजार बढी अहिले पनि आश्रित छन्।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…