कोरोनाको उपचार गर्दागर्दै जनप्रतिनिधिकै सकियो ११ लाख, ‘कोरोना केही पनि होइन नभन्नु’

स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना संक्रमितको उपचारमा जुट्दै यतिबेला फुर्सद छैन।

कोरोना परीक्षणदेखि संक्रमितको उपचारसम्म स्थानीय जनप्रतिनिधि खटिएका छन्, क्वारेन्टिन व्यवस्थापनमा त झनै सुरूदेखि लागेकै छन्।

पोखरा महानगरपालिकाका वडा नं. १० का वडा सदस्य ६२ वर्षीय सम्मरबहादुर श्रेष्ठ खटिने जनप्रतिनिधिमध्ये एक हुन्।

कोरोना भाइरस संक्रमण सुरू हुँदै सम्मर वडास्तरीय क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक भए, विदेशबाट वडामा भित्रिनेलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाए।

कोरोना संक्रमित पोखरामा देखिएपछि क्वारेन्टिन व्यवस्थापनमा मात्र अड्किएर पुगेन। संक्रमितको रेखदेख र उपचार गर्न महानगरले वडा तहमै स्वास्थ्य उपसमिति बनायो, सम्मर त्यो समितिको पनि सह–संयोजक चुनिए।

स्वास्थ्य समितिमा बसेपछि संक्रमित र उनका परिवारको दिनहुँ फोन आउन थाल्यो, संक्रमितको उपचार व्यवस्था गर्न समेत उनी कस्सिएर लागे।

त्यसो त वडा तहमा कन्ट्याक ट्रेसिङ र संभावित संक्रमितको खोजी पनि स्वास्थ्य समितिले गथ्र्यो, त्यसमा पनि सम्मरले अगुवाइ गरे। पोखरामा कोरोना भाइरस जब दिनहुँ फैलँदै थियो, उनलाई पनि ज्वरो आउने र रुघाखोकी लाग्यो।

मौसम परिवर्तन हुनेबेला सम्मरलाई वर्षेनी सामान्य रुघा, खोकी र ज्वरो आउने भइरहन्थ्यो। त्यही सोचेर उनी मेडिकल पसलबाट सिटामोल लगायत औषधि किनेर खाए। घरमै बेसारपानी र गुर्जोको झोल बनाएर खान थाले। बिरामी हुँदा पनि उनले वडाको काम गर्न छाडेनन्। मोटरसाइकलमा हिँड्दा उनी पटक पटक पानीमा समेत भिजे।

घरमै बसेर औषधि खाँदा उनलाई निको भएन। त्यसपछि भदौ १७ गते उनले कोरोना भाइरसको परीक्षण गर्न आफूखुसी स्वाब दिए। तीन दिनपछि उनको रिपोर्ट पोजेटिभ आयो।

रिपोर्ट पोजेटिभ आएपछि उनी दुईदिन घरमै आइसोलेसन बसे। भदौ २१ गते साँझ श्वास फेर्न गाह्रो भयो। त्यही साँझ अस्पताल जान चाहे। अस्पतालमा डाक्टर नभएको भनेपछि उनी त्यो साँझ गएनन्।

भोलिपल्ट पोखराकै चरक मेमोरियल अस्पताल पुगे। अस्पतालका स्वास्थ्यकर्मीले उनलाई कोरोना भाइरसको संक्रमण साथै निमोनिया भएको बताए। फोक्सोमा निमोनियाको असरले उनलाई श्वास फेर्न गाह्रो भयो। अस्पतालको आइसोलेसनमा १९ दिन बिताए, जहाँ उनलाई अक्सिजन दिएर राखियो।

अस्पतालमा चिकित्सकले सम्मरलाई ढिलो आएको भनेर गुनासो सुनाए। रुघा, खोकी र ज्वरो आउने छाड्ने हुँदा पनि उनी पानीमा भिजेर हिँडेका थिए। निमोनिया र कोरोना भाइरसले उनलाई गलाइसकेको थियो। चिकित्सकको टोलीले २० प्रतिशत मात्र बाँच्ने आशा राखेका थिए।

‘डाक्टरले नै ८० प्रतिशत सम्भावना छैन भन्दा पनि जोगिएर घर आएँ’ सम्मरले सेतोपाटीलाई भने। अस्पतालमा १९ दिनसम्म आइसोलेसन बसेका सम्म र त्यसपछि क्याबिनमा सारिए। क्याबिनमा उनले ११ दिन बिताए। यसरी ३० दिनसम्म अस्पतालमा अक्सिजन लिएर बस्दा उनको खर्च पनि बढ्यो।

कोरोना र निमोनिया भएर ३० दिन अस्पताल बस्दा औषधि बाहेक मात्र उनले ८ लाख रुपैयाँ अस्पताललाई तिरे। अस्पतालमा उनले एक्सरे गरेका थिए। एक महिनासम्म अस्पतालमा औषधिको मात्र ३ लाख बढीको औषधि खाए।

कोरोना र निमोनियाको उपचार गर्दा मात्र कुल ११ लाख ८ हजार ७८४ रुपैयाँ लागेको सम्मरले बताए।

‘निमोनियाले पनि फोक्सोमै, कोरोनाले पनि फोक्सोमै असर गर्दोरैछ’, सम्मरले भने, ‘मलाई त श्वास फेर्नै गाह्रो भएर महिनादिनसम्म अक्सिजन लगाएर बस्नुपर्यो।’

कोरोना भाइरसको उपचार गर्दा यत्तिका रकम खर्च गरेका उनले सचेत रहन सर्वसाधारणलाई आग्रह गरे।

‘कोरोना केही पनि होइन भन्नु भन्दा आफै‌ं सचेत भएर हिँड्नु ठिक हो’, उनले भने, ‘मलाईजस्तो अवस्था आयो भने उपचार गर्न धेरै गाह्रो पर्छ।’

सम्मरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका अरुको पनि स्वाब परीक्षण भयो। परिक्षण गर्दा उनकी ५७ वर्षीया श्रीमती हिरादेवी श्रेष्ठ, छोरी र नातिनीलाई पनि संक्रमण देखियो। श्रीमतीलाई सुगर, प्रेसर लगायतका समस्या पहिल्यैदेखि थियो। तर पनि परिवारका अन्य सदस्य भने होम आइसोलेसनमै बसेर कोरोनालाई जितेका छन्।

सम्मर भने अहिले पनि नियमित अस्पतालको सम्पर्कमा छन्। जाडोयाम शुरु हुँदै गर्दा धेरैलाई रुघा, खोकी, निमोनिया लगायतका समस्या देखिन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन उनले आग्रह गरे।

‘निमोनिया र कोरोना भयो भने तत्काल जे पनि हुन सक्छ’, उनले भने, ‘अस्पतालमा बेड पनि पाइँदैन, यस्तो बेला आफैं सजग हुनुको विकल्प नै भएन।’

सम्मरको रिपोर्ट अहिले नेगेटिभ आइसकेको छ। उनी अस्पतालबाट डिस्जार्च भएर घरमै आराम गरिरहेका छन्। तर अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा छन्, फलोअपका लागि अस्पताल धाइरहन्छन्। कोरोना संक्रमितको उपचार गर्न पोखरामा बेड अभाव हुँदै जाँदा उनले वडा–वडामै अक्सिजन जोडेर आइसोलेसन सेन्टर बनाउनुपर्ने धारणा राखे।

‘नागरिकको ज्यान जोगाउन अब वडा–वडामै अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउनुपर्छ’, उनले भने, ‘मैले मात्र भनेर हुने कुरा त होइन, अक्सिजन नपाएरै धेरै संक्रमितको ज्यान जान सक्छ।’

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…