अभिषेक बच्चनको गुनासो : मलाई मेरो पिताले कुनै सहयोग गरेनन्

बलिउड नायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको करिअर सुखद रुपमा चलिरहेको छ । बलिउडमा परिवारवादको मुद्दा चर्किरहेको समयमा अभिषेकले यो बिषयमा आफ्नो भनाई राखेका छन् । उनका अनुसार, २० बर्ष लामो चलचित्र करिअरमा अभिषेकलाई उनका पिता अमिताम बच्चनले कुनै पनि प्रकारको सहयोग गरेनन् ।

कुनै पनि कलाकारलाई लामो समयसम्म बलिउडमा रहनका लागि दर्शकको साथ नै महत्वपूर्ण भएको उनको तर्क छ ।

भारतीय मिडियासँग कुरा गर्दै अभिषेकले भने–‘वास्तविकता यो हो कि मेरो पिताले मेरा लागि आएका फोन समेत उठाएनन् । उनले मेरो लागि कुनै पनि चलचित्र बनाएका छैनन् । मैले बरु मेरो पिताका लागि ‘पा’ नामक चलचित्र बनाएँ । तर, मलाई मेरा पिताले कुनै सहयोग गरेका छैनन् ।’

अभिषेकले बलिउडलाई व्यापार भनेका छन् । उनले भने–‘यदि पहिलो चलचित्रपछि दर्शकलाई मेरो चलचित्र मन परेन भने मैले दोश्रो अवसर पाउन सक्दिनँ । बलिउडको वास्तविकता यही नै हो ।’

अभिषेकले आफ्नो चलचित्र नचलेपछि आफूलाई कुन–कुन चलचित्रबाट हटाइयो भन्ने पनि आफूलाई थाहा हुने उल्लेख गरेका छन् । अभिषेकका अनुसार, उनले आफूलाई मन पर्ने भुमिकाको बिषयमा नायक साहरुख खानसँग सल्लाहा लिएका थिए । उनले भने–‘साहरुखले मलाई भनेका थिए कि, तिम्रो मनपर्ने भूमिका त्यो हुनुपर्छ कि, जुन तिमीले त्यो समयमा काम गरिरहेका छौ । यदि, उक्त भूमिका तिमीलाई मन परेको छैन भने किन तिमी उक्त भूमिका गरिरहेका छौ ।’

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…