राष्ट्रपति डोनल्ड ट्रम्पका छोराको आरोप: ८० वटा भोट जलाइयो !

वासिंटन : अमेरिकी राष्ट्रपति चुनावमा मतगणनाका बीच राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले एक भिडियो पोस्ट गर्दै ट्रम्पका ८० ब्यालेट जलाइएको दावी गरेका छन् ।

डोनल्ड ट्रम्पले डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनमाथि धाँधली गरेको आरोप लगाइरहँदा उनका छोराले यस्तो आरोप लगाएका हुन् ।

ट्रम्पका बाबुछोराले नै मतगणनामा धाँधली भएको आरोप लगाउँदैआएका थिए । पछिल्लोपटक एरिकले राष्ट्रपति ट्रम्पको पक्षमा परेका ८० भोट जलाइएको दावी गरेका हुन् । साथै उनले मतगणनामाथि नै आशंका गरेका छन् ।

ट्वीटरमा शेयर भएको भिडियोमा ट्रम्पको भोट जलाइएको देखिएको उनले बताएका हुन् । जबकि सरकारी अधिकारीहरुले एरिकले शेयर गरेको उक्त भिडियोमाथि अनुसन्धान गरी त्यहाँ कुनै भोट नजलाइएको बताएका छन् । त्यो झुटो भएको पनि अधिकारीहरुले बताए ।

ती भोट आधिकारीक नभएर नमुना भोट भएको उनीहरुले स्पष्टिकरण दिएका छन् । साथै उक्त भिडियो शेयर भएको ट्वीटर एकाउन्टलाई प्रतिबन्ध लगाइएको छ ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…