सैनिक अधिकारीसमेत रहेका कतारका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ। नेपाल सरकारले राजकुमारको सुरक्षा गर्ने जिम्मेवारी रहेका कारण सेनाले सर्भिलेन्स गरेको बताइए पनि आरोहरण दलमा अमेरिकी, क्यानडाली नागरिक समेत रहेका कारण सेनाले विशेष चासो दिएको हो।

कतारमा राजकुमार त्यहाँको सेनाको ओहोदामा रहेका कारण सेनाले आफ्नो उपस्थिति र निगरानी राख्नुपर्ने बताउँदै पर्यटन मन्त्रालयसँग यो विषय समयमै जानकारी नदिएकोमा असन्तुष्टि समेत जनाएको स्रोतले जनाएको छ। ‘कतार र बहराइनका राजकुमारहरु नेपालको हिमाल आरोहण गर्न आउनु सुखद कुरा हो तर उहाँहरूका साथ आउने सबै आरोहरणकर्ता पनि सेनामै कार्यरत हुन/होइन त्यसबारे जानकारी राख्नु नेपाली सेनाको दायित्व साथै सुरक्षा गर्ने जिम्मा सरकारको भए पनि कतारको सेनामा कार्यरत राजकुमारको ओहदा र मर्यादाका हिसाबले हाम्रो उपस्थिति जरुरी हुन्छ’, नेपाली सेनाका एक अधिकारीले भने।

केही दिनअघि नेपाल आएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको छ। आरोहणका लागि कठिन मानिने आमादब्लमका लागि कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियनको टोली आधार शिविर पुगेको हो। राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला गएको थियो।

सो टोलीमा राजकुमार अब्दुल्लासहित अमेरिकी, क्यानेडियन गरी छ जना विदेशी र ११ जना नेपाली गरी १६ जना रहेका छन्। जसमा छ जना विदेशी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने बताइएको छ। ६ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो।

यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले सोलुखुम्बुको ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल र आठ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका थिए। बहराइनका राजकुमारले असोजको अन्तिम साता मनास्लु हिमाल आरोहण गरेका थिए।

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरे। ८,१६३ मिटर अग्लो मनासलु हिमाल आरोहरणमा सेभेन समिट ट्रेक्स प्रालिले चाजोपाँजो मिलाएको थियो।

उनीसँगै बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड, शेर्पागरी ५० जनाभन्दा धेरैले सो हिमाल आरोहण गरेका थिए। बहराइन सेनाको माथिल्लो तहमा रहेका राजकुमार नेपाल आएपछि सैनिक सहचारी र सैनिक जंगी अड्डाले चासो राखेको थियो। सैनिक स्रोतका अनुसार पर्यटन मन्त्रालयले यस्तो विषय जानकारी नगराएको भन्दै नेपाली सेनाले असन्तुष्टि जनाएको थियो। त्यतिबेला पनि नेपाली सेनाले उनीहरुलाई निगरानीमा राखेको थियो।

उच्च स्रोतका अनुसार विदेशी सेनाका पदाधिकारीसमेत रहेका राजकुमार नै आरोहणमा आए पनि त्यसको जानकारी नेपाली सेनालाई दिनु पर्छ। सरकारको तर्फबाट त्यसलाई बेवास्ता गरे पनि सेना आफैंले आवश्यक सूचना संकलन गरेको थियो।

विदेशी राजपरिवारका सदस्यहरू कोरोना महामारीका बेलामा पनि नेपालका हिमाल आरोहणका निम्ति आइरहेका छन्। तर, यसरी आएका पाहुनालाई आरोहण स्वीकृति दिँदा तिनीहरू कुन संस्था वा सेना वा अन्य निकायसँग आवद्ध छन्, त्यसको समेत जानकारी लिनु पर्ने हुन्छ।

उच्च स्रोतका अनुसार, बहराइनका राजकुमार त्यो देशको सेनाका मेजर पदमा रहेका अधिकृत समेत हुन्। उनलाई आरोहण अनुमति दिन पर्यटन, परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद्को प्रत्यक्ष सहभागिता थियो। नेपाली सेनालाई यसबारे कुनै जानकारी नदिए पनि राजकुमारको टोली लोबुचे पुग्दा सैन्य गुप्तचरी अन्तर्गत खटाइएका सेना त्यहाँ तैनाथ लिए। उनीहरूले आधार शिविर क्षेत्रमै अड्डा जमाएर आवश्यक जानकारी लिएका थिए।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…