दिल्लीले कुनै पनि खेल नखेलाउदा बिग ब्यासमा सन्दिपलाई ठुलो घाटा, मेलवर्न स्टार्सले सन्दिपलाई टिममा राखेन

काठमाडौं । अष्ट्रेलियन टी-२० लिग बिग बास लिग डिसेम्बर १० देखि सुरु हुने भएको छ । क्रिकेट अष्ट्रेलियाले यस सिजनको बिबिएलको लागि परिवर्तित खेल तालिका सार्वजनिक गरेको हो ।

सिजनको ५६ वटै खेलको मिति सार्वजनिक भएपनि डिसेम्बर ३१ सम्म हुने सुरुवाती २१ खेलको लागि मात्र खेल हुने मैदान तोकिएको छ । उद्घाटन खेलमा होबार्ट हुरिकेनले सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्नेछ । लिगको सुरुवाती खेलहरु तास्मानिया क्विन्सल्याण्ड क्यानबेरा र एडेलेइडमा खेलाइनेछ । लिगमा कूल ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली लेगस्पीनर सन्दीप लामिछानेले यसअघि दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । यस सिजन भने उनी अहिलेसम्म कुनै टिममा अनुबन्ध भइसकेका छैनन् । सन्दीप यस सिजन नयाँ टिमबाट खेल्ने सम्भावना रहेको उनका घरेलु ब्यवस्थापक रमन सिवाकोटीले बताए ।

उनले मेलबर्नबाट नखेल्ने पक्का जस्तै भइसकेको र नयाँ टिमसँग कुरा भइरहेको र यो सातामा त्यसका टुंगो लाग्ने बताए । हाल आइपीएलका लागि यूएईमा रहेका सन्दिपले यो सिजनमा अहिलेसम्म एक खेल खेल्न पाएका छैनन् । यसले पनि बिगब्यासमा सन्दिपलाई मेलबर्नले सन्दिपलाई पुन: सम्झौता नगरेको अडकल काट्न सकिन्छ ।

यस्तै उनी लंका प्रिमियर लिगमा पनि छनोट नभएपछि विभिन्न अड्कलवाजी लगाउन थालिएको छ । यस्तैमा मेलबर्नले सन्दिपको सम्झौता नविकरण गर्ने पक्का नै भएको छ । त्यसैले उनी विगब्यास लिग नयाँ टिमबाट खेल्ने पक्का जस्तै भएको आधिकारीक रुपमा यो सातामा टुंगो लाग्ने सिवाकोटीले बताए ।

यस सिजनमा सन्दीपले होबार्ट हुरिकेन्स, सिड्नी थन्डर, सिड्नी स्कर्चर्स र पर्थ स्कोचर्स मध्य एक टोलीबाट खेल्ने सम्भावना देखिन्छ । हालसम्म एडिलेड स्टकर्सले अफगानिस्तानका राशिद खानँगको सम्झौंता नविकरण गरेको छ ।

त्यस्तै ब्रिसबेन हिटले अफगानिस्तानकै युवा स्पिनर मुजिब उर रहमान, इंग्ल्यान्डका टम ब्यान्टन, लुईस ग्रेगरीलाई अनुबन्ध गर्दा दक्षिण अफ्रिका एबी डि भिलियर्सलाई फुकुवा गरेको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…