कसले तिरिदियो होटल सोल्टीमा आइसोलेसनमा बस्दा आएको विद्यासुन्दर शाक्यको १५ लाखको बिल ?

काठमाडौं । आफू कोरोना संक्रमित भएका बेला सबैभन्दा महंगो आइसोलेसनमा बसेका काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको बिल कस्ले तिर्‍यो ?

काठमाडौंको होटल सोल्टीमा दिनको ७५ हजारभन्दा बढी खर्च गरेका शाक्यले आफ्नो उपचार खर्चको भूक्तानीका लागि महानगरपालिकामा हालसम्म बिल पेश गरेका छैनन् । उनले उपचार खर्च भुक्तानीका लागि बिल पेस नगरेको महानगर स्रोतले रातोपाटीलाई जानकारी दियो ।

गत भदौं १५ गते कोरोना संक्रमित भएपछि मेयर शाक्यसँगै उनकी श्रीमती र छोरी पनि सँगै आइसोलेसनमा बसेका थिए । महानगर स्रोतका अनुसार सोल्टी होटलमा ३ जना बसेको झन्डै १५ लाख हाराहारी खर्च भएको थियो । उनले उपचारका लागि निजी क्षेत्रका सबैभन्दा महंगो मध्ये पर्ने ग्रान्डी र मेडासिटी अस्पतालबाट डाक्टर नर्सलाई होटलमै बोलाउने गरेका थिए ।

महानगरपालिकाका जनप्रतिनिधिको बिरामी तथा औषधी उपचार खर्चको भुक्तानीको लागि महानगरको बोर्ड बैठकमा बिल पेश गर्ने ब्यवस्था छ । तर मेयर शाक्यले हालसम्म बोर्ड बैठकमा त्यसबारे कुरा नउठाएको स्रोतको भनाई छ ।

विरोध धेरै भएपछि उनी आफैले सो रकम तिरे वा अरु कसैले तिरिदियो त्यसबारे थाहा नभएको महानगरका एक कर्मचारीले बताए ।

यसबारे जिज्ञासा राख्न खोज्दा मेयर शाक्यको फोनमा सम्पर्क हुन सकेन् । सर्वसाधारण आइसोलेसनको सामान्य बेड नपाई भौतारिरहेको बेला मेयर शाक्य भने गोप्यरुपमा होटल सोल्टीको आइसोलेसनमा बसेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

गत भदौं ३ गते एकसाता भित्र काठमाडौंमा ५ हजार क्षमताको आइसोलेसन तयार पार्ने घोषणा गरेका मेयर शाक्यले अहिलेसम्म आइसोलेसन तयार पार्न सकेका छैनन् ।

काठमाडौंको खुल्लामञ्चमा कोरोना संकटका कारण कामबिहिन मजदुर तथा असक्तलाई निःशूल्क खाना खुवाउँदा महानगरको बेइज्जत भएको भन्दै रोक्न खोजेपछि उनको आलोचना भएको थियो ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…