छोरा राष्ट्रपति भएको हेर्न चाहन्थे जो बाइडन, यो रोगले खोस्यो उनको सबै सपना

अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रपति ट्रम्पलाई कडा टक्कर दिइरहेका डेमोक्रेटिक उम्मेद्वार जो बाइडन आफ्नो जीतको विषयमा निकै विश्वस्त छन् । जो बाइडन यसअघि दुईपटक अमेरिकाको राष्ट्रपति पदको चुनाव लडिसकेका छन् । यद्यपि, एक समय यस्तो पनि थियो जब जो बाइडन आफू नभई आफ्ना जेठो छोरा राष्ट्रपति पदको चुनाव लडोस् भन्ने चाहन्थे ।

जो बाइडनका दुई छोरा छन् । जोसेफ ब्यू बाइडन र हन्टर बाइडन । जोसेफ उनका जेठो छोरा थिए । सन् २०१५ मा जोसेफको ब्रेन क्या’न्सरका कारण मृ’त्यु भएको थियो । उनी ४६ वर्षका थिए ।

आफ्नो पिताको नक्सा कदममा चल्दै जोसेफ ब्यू बाइडनले पनि आफ्नो करियर राजनीतिमा बनाएका थिए । उनी सन् २००७ देखि २०१५ सम्म यूएस स्टेट अफ डेलवायरको ४४ औं एटोर्नी जनरल रहेका थिए ।

जो बाइडन सधैं उनका छोराले अमेरिकाको राष्ट्रपतिको पदको कमान सम्हालोस् भन्ने चाहन्थे । बाइडनले आफ्नो मेमोएरमा आफ्नो छोराबारे लेखेका थिए – म सधैं चाहन्थेँ कि मेरो छोरा राष्ट्रपति पदको चुनावको लागि ल’ड्न सक्छ र ऊ पनि आफ्नो भाइले मद्दतले जित्न सक्छ ।

जोसेफ ब्यू सन् २००८ र सन् २०१३ मा अमेरिकाका पूर्व राष्ट्रपति ओबामाको क्याम्पेनको महत्वपूर्ण सदस्य थिए । सन् २०१५ मा ब्रेन क्यान्सरका कारण उनको मृ’त्यु भयो ।

यद्यपि, ब्यूको मृ’त्यु अघि पनि बाइडनको परिवारमा एउटा निकै त्रासदीपूर्ण दु’र्घटना भएको थियो । सन् १९७२ मा जो बाइडनकी जेठी श्रीमती निएला हंटर र छोरी नेओमीको कार दु’र्घटनामा मृ’त्यु भएको थियो ।

ब्यू र हंटर पनि कारमा थिए र उनीहरुलाई गम्भीर चो’ट लागेको थियो तर उक्त दु’र्घ’टनामा दुबैको ज्या’न बचेको थियो । त्यसको केही वर्षपछि जो बाइडनले दोस्रो विवाह गरे । दोस्रो सम्बन्धबाट उनकी एक छोरी एश्ले बाइडनको जन्म भयो ।

यता बाइडनका कान्छो छोरा हंटर बाइडन थुप्रै विवादमा घेरिसकेका छन् । उनीमाथि आफ्नो पिताको पदको फाइदा उठाएको आरोप पनि लाग्ने गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष एक पत्रकार सम्मेलनमा चीनले हंटरलाई एक ट्रेड डीलका लागि अ’त्यधिक पैसा दिएको आ’रोप लगाएका थिए ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…