मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु

हिमाली पत्रिका 

२१ कार्तिक, घोराही।  दाङको घोराही स्थित मितेरी हस्पिटलमा प्रसुति सहितको अप्रेसन सेवा सुरु गरिएको छ। नयाँ व्यवस्थापन सहित विशेषज्ञ सेवा प्रदान गर्न सुरु गरिएको हस्पिटलमा प्रसुति सेवा, नाक कान घाँटी र हार्डजोर्नीको अप्रेसन सुरु गरिएको संचालक महावीर जिसीले जानकारी दिनुभयो।

अस्पतालमा नाक, कान घाँटीको विशेषज्ञ सेवा सहित अत्याधुनिक दूरविन विधिबाट जटिल अप्रेसन समेत हुने गरेको छ । यस अघि अस्पतालमा हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ उपचार समेत भइरहेको छ । हड्डीको विशेषज्ञ सेवा अन्तर्गत सरल तथा जटिल अप्रेसन हुँदै आइरहेको छ।

‘तिहारपछि फिजिसियन लगाएत  अन्य डाक्टरहरुले पनि विभिन्न सेवा प्रदान गर्नेछन’, संचालक जिसीले भन्नुभयो, ‘अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन आधुनिक उपकरणसहितको एक्सरे, भिडियो एक्सरे र ल्याबको सुविधा समेत उपलब्ध गराइएको छ।’

प्रसुति सेवा अन्तर्गत महिलाहरुको तल्लो पेट दुख्ने, ढाड दुख्ने, सुरक्षित गर्भपतन, पाठेघरमा मासु पलाएको, पाठेघरको क्यान्सर, महिलाहरुको पिसाव सम्बन्धी समस्या लगायत अन्य विभिन्न सेवाहरुको उपचार गराइने उहाँले जानकारी दिए ।

नाक, कान, घाँटी अन्तर्गत एलर्जीको पहिचान तथा उपचार, नाकमा मासु पलाएको, पिनास, लामो समयसम्म कान दुख्ने, गर्धन तथा थाइराइड, घाँटीको इन्डोस्कोपी लगायतका समस्याहरुको चेकजाँच र उपचार भइरहेको छ ।

अस्पतालको आफ्नै एसी जडित सुविधासम्पन्न एम्बुलेन्स समेत रहेको छ । हात खुट्टा भाँचिएको, प्लास्टर गर्नुपर्ने, शरीर झमझमाउने दुख्ने, यूरिक एसीड, हड्डी खिइएको, ढाड कम्मर दुख्ने समस्याको चेकजाँच तथ अप्रेसन सेवा उपलब्ध रहेको छ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…