अस्ट्रेलियाको अर्थतन्त्र तहसनहस पार्दै चीन, अरबौं डलरको गहुँ खरिदमा लगायो प्रतिबन्ध

बेइजिङ । चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । पछिल्लो समय दुई देशबीच तनाव बढ्दै गएको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको समाचारअनुसार आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइलालगायत वस्तु आयात गर्न प्रतिबन्ध लगाएको हो ।

गहुँ आयातमा लगाइएको प्रतिबन्धको मितिबारे भने उल्लेख गरिएको छैन । चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलरबराबरको गहुँ खरिद गर्ने गरेको छ ।

चिनियाँ अधिकारीहरूले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आयात गरे त्यसको जिम्मेवार आयातकर्ताहरू नै हुने चे तावनी दिइसकेका छन् । अधिकारीहरूले परिवर्तित नियमहरूलाई कडाइका साथ लागू गर्न आदेश दिएका छन् ।

अस्ट्रेलियाले कोभिड–१९ को उत्पत्ति चीनबाट भएको दाबीसहित छानबिनको माग गरेपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो । पछिल्लो समय चीनलाई काउन्टर गर्न बनाइएको भारत, अमेरिका  जापान सम्मिलित क्वाड समूहको सैन्य अभ्यासमा अस्ट्रेलिया पनि सहभागी हुने भएपछि चीनसँगको सम्बन्ध झन् बिग्रिएको छ।

अस्ट्रेलियाको सबैभन्दा धेरै वैदेशिक व्यापार चीनसँग हुन्छ। चीनसँग मात्रै अस्ट्रेलियाको वार्षिक व्यापार कुल वैदेशिक व्यापारको ३२ प्रतिसत रहेको छ। चीनको प्रतिबन्धले अस्ट्रेलियालाई धेरै आर्थिक क्षति हुने आँकलन गरिएको छ। चीन पछि अस्ट्रेलियाको वैदेशिक व्यापारमा जापान दक्षिण,कोरिया, बेलायत र अमेरिका छन् जुन सबैमिलाएर पनि चीनको भन्दा पनि थोरै हुन आउँछ।

सम्बन्ध खराब भए यता चीनले अस्ट्रेलियाबाट आयात हुने कतिपय सामानमा प्रतिबन्ध लगाइसकेको छ भने केहीमा कर वृद्धि गरेको छ । चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको थियो ।

भर्खरै प्रकाशित

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…