काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा चिनाउने प्रयास नहोस् : मेयर

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् ।

अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाएका छन् । महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक्न भनेपछि चौतर्फी आलोचना भइरहेको छ ।

मेयर शाक्य बुधबार पत्रकार सम्मेलन गरी फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाटै गुनासो आएको बताए ।

‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’ उनले भने । त्यसका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

मेयर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफ्नो मान्यता भएको समेत बताए । सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने र गरी उनीहरुकै कथा–व्यथा बेचेर काठमाडौं मागीखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ’ उनले भने ।

कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामर्थ्य र सिपको आधारमा रोजगारी दिने उनले बताए । जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ अनुसार सातामा कम्तीमा दुई दिन ज्यालादारीमा सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास,सरसफाई तथा फोहोरमैला व्यवस्थापन लगायतका काम दिने उनले बताए ।

मेयर शाक्यले भने, कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही महानगरवासी हुनुहुन्छ भने आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्नुस्, भोकै बस्न नपर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध छ ।’

अहिले लकडाउन पनि नभएकाले सबैले समन्वय गरे समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था गर्न सकिने उनले बताए । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’ काठमाडौंका मेयर शाक्यले भनेका छन् ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…