यसरी गर्नुहोस् भित्री अंगको सफाइ

काठमाडौँ।  शरीरको बाहिरी सफाइ नुहाएर गर्छौं । कपडा तथा सवारी साधनको सफाइ धोएर गर्छौं । शरीरको भित्री सफाइ गर्दैनौं । शरीरको समय–समयमा भित्री सफाइ जरुरी हुन्छ । यसलाई ‘डिटोक्सिफिकेसन’ भनिन्छ । यसले धेरै रोगबाट मुक्त हुन सहयोग गर्छ ।

हठयोगमा शरीरको शुद्धि गरी साधना तयारीका लागि ६ वटा शोधन कर्म (षट्कर्म) गरिन्छ । शरीरमा सक्रियतासाथ विश्राम प्रदान गर्ने हुनाले यी कर्मले हाम्रा स्वतन्त्र क्रियामा नियन्त्रण गर्छन् । स्वतन्त्र स्नायु प्रणालीलाई सन्तुलित पार्छन् । नसर्ने रोग रोकथाम तथा नियन्त्रणमा यस्ता विधि उपयोगी छन् । चिकित्साका हिसाबले महत्त्वपूर्ण केही विधि निम्न छन् ।

नेति : यो नाक सफा गर्ने विधि हो । जलनेति र सूत्रनेति प्रयोग गरी नाक सफा गर्न सकिन्छ । यसमा निकै सावधानी चाहिन्छ । यसले नाकको एलर्जी, पिनास, माइग्रेन, आँखाका समस्या, दम, अनिद्रामा फाइदा गर्छ ।

जलनेति  : सहन सकिने मनतातो पानीमा हल्का नुन मिसाई करुवाको सहाराले एउटा नाकको प्वालबाट पानी राखी अर्को नाकबाट निकाल्ने विधिलाई जलनेति भनिन्छ । यसरी पानी निकालेपछि जोड–जोडले सास फ्याँक्नु वा कपालभाँती गर्नुपर्छ । मुख भने खुला राख्नुपर्छ । मुख बन्द गरी जलनेति गरे फोक्सोमा पानी गई निमोनिया हुने खतरा हुन्छ । कान सुन्निएको र नाथ्री फुटेका बेला जलनेति गर्नु हँुदैन ।

सूत्रनेति :यसमा रबरको सानो डोरी वा क्याथेटर नाकको कुनै एक प्वालबाट घुसाई मुखबाट बाहिर निकालेर भित्र–बाहिर चलाउनुपर्छ । अर्को नाकबाट पनि यही क्रम दोहोर्‍याउनुपर्छ । यो जलनेति भन्दा अलिक अप्ठ्यारो भए पनि धेरै उपयोगी छ ।

धौती  : पानी मात्रै वा वस्त्र/कपडा खाई पेट सफा गर्ने विधि धौती वा धुने कर्म हो । वस्त्र खाएर उल्टी गर्नेभन्दा पानी खाएर उल्टी गर्ने विधि सहज रूपमा गर्न सकिन्छ । मन तातो पानीमा थोरै नुन मिसाइ पानी तयार गर्नुपर्छ ।

उक्त पानी टुक्रुक्क भुइँमा बसेर घांँटीसम्म आउनेगरी छिटो–छिटो पिउनुपर्छ । हातका औंलाका सहाराले जिब्रोको पछाडिको भागलाई मसाज गरी खाएको पानी नसकुन्जेल उल्टी गर्नुपर्छ ।

श्वासनमा २०–३० मिनेट आराम गरी १/२ चम्चा घिउ सहितको जाउलो पेटभरि खान दिनुपर्छ । यो क्रिया गरेको दिन साविकभन्दा बढी पानी पिउनुका साथै माछा, मासु, फास्ट फुड, पेय पदार्थ खानु हँुदैन ।

यो विधि अम्लपित्त, माइग्रेन, अरूचि, मानसिक तनाब, दम, पित्त, व्याधिमा उपयोगी हुन्छ । ढाडका नसा च्यापिएर धेरै दु:खेका, कलेजो सिरोसिस, उच्च रक्तचाप, पेटको रक्तस्राव, आँखाको रक्तस्राव, आँखाको संक्रमण, पेटका शल्यक्रिया गरेकाले यो विधि गर्नु हुँदैन ।

त्राटक : आँखाबाट आँसु आए पनि आँखा पिरो भए पनि एकनासले कुनै बिन्दुमा एकटकसँंग हेरिरहने कर्म त्राटक हो । यसले एकाग्रता र शान्तपन बढाउनुका साथै तनाव, आँखाका रोग, अनिद्रामा समेत फाइदा गर्छ । यो विधि माइग्रेन र क्षारेरोगमा गर्नु हुँदैन ।

नौली : यसमा उठेर सास बाहिर फाल्दै हातलाई घुँडाभन्दा माथि राखेर पेटका मांसपेशीलाई दायाँ–बायाँ वा बीचमा खुम्चाई केही बेर राख्ने गरिन्छ । यो विधिले पेटका समस्यामा फाइदा हुन्छ ।

कपालभाँती : सहज आसनमा बसेर छिटो–छिटो पेटलाई खुम्चाउँदै सास नाकबाट बाहिर ६०–१२० पटकसम्म फालिन्छ । त्यसपछि १/२ मिनेटसम्म आँखा बन्द गरी शान्त बस्नुपर्छ । यो क्रमलाई ३–५ पटकसम्म दोहोर्‍याउनुपर्छ ।

यसबाट मोटोपन, तनाव, चिन्ता, मधुमेह, आलस्य, अरूचि, चिसोपना, रुघा, कफज रोग, अवसाद, पागलपन हट्नुका साथै शरीरमा हल्कापन, स्फुर्ती बढ्छ । यो विधि क्षारेरोग, दमका सुरुको अवस्था, उच्च रक्तचाप, हृदयरोग, ढाडका नसा च्यापिएको अवस्था, पेटका शल्यक्रिया गरे लगत्तैका अवस्थामा गर्नु हुँदैन ।

वस्ति : यसमा पानी अथवा जमिनमा बसी दिसा गर्ने ठाउँबाट पानी अथवा हावा तानी पेटसम्म पुर्‍याउने गरिन्छ । चिकित्साका हिसाबले यो विधि बिरामीमा प्रयोग गर्न गाह्रो हुने भएकाले शंख प्रक्षालन गर्ने गरिन्छ ।

शंख प्रक्षालन : शंखलाई त्यसको मुखबाट पानी हाली पुरै पखालेजस्तो मानिसको मुखबाट पानी हाली गुदबाट निकाल्ने प्रक्रियालाई शंख प्रक्षालन भनिन्छ । यसमा पहिले नुनयुक्त पानी विस्तारै पिलाइन्छ र पेट तन्किने खालका आसन गरी पखाला लगाउने गरिन्छ ।

जस्तो पानी खायो, त्यस्तै पानी दिसाका रूपमा आउने क्रियालाई पूर्णशंख प्रक्षालन भनिन्छ, जुन साधकका लागिमात्रै उपयोगी हुन्छ । पानी पिएर दिसामात्रै आउने क्रियालाई लघुशंख प्रक्षालन भनिन्छ ।

बिरामीलाई २०–३० मिनेट आराम गराई १/२ चम्चा घिउ सहितको जाउलो पेटभरि खान दिनुपर्छ । यो क्रिया गरेको दिन साविकभन्दा बढी पानी पिउनुका साथै माछा, मासु, फास्ट फुड, पेय पदार्थ खानु हुँदैन । यसले चिन्ता, तनाव, कब्जियत, ढाड दुखाइ, अम्लपित्त, वाथरोग, अरूचि, पेट फुलाइमा फाइदा पुर्‍याउँछ ।

उच्च रक्तचाप भएका बिरामीलाई त्रिफला पानी वा त्रिवृतसिद्ध मनतातो पानीले शंख प्रक्षालन गराउनुपर्छ । यी विधि पहिलोपटक कुनै योग चिकित्सक वा योग साधकको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ ।

भर्खरै प्रकाशित

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…