उच्च अदालत पाटनको अन्तरिम आदेश : र्‍याप गायक भिटेनलाई प’क्राउ नगर्नू

उच्च अदालत पाटनले र्‍याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई प’क्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर प’क्राउ नगर्न आदेश गरेको हो।

प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै त्यसलाई अन्तरिम आदेशले रोक्न माग गर्दै भिटेन उच्च अदालत पाटन पुगेका थिए।

उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो।

‘फौजदारी अनुसन्धान तहकीकातको प्रयोजनका लागि प्रचलित कानुन बमोजिमको प्रकृया पूरा गरी प’क्राउ गर्नेबाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीतसंगीतको विषयलाई लिएर निवेदनको अन्तिम टुंगो नलागेसम्म प’क्राउ नगर्नू,’ उच्च अदालतको आदेश उद्धृत गर्दै प्रवक्ता रेग्मीले भने।

उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका थिए।

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।

यसअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा प’क्राउ गरेको थियो।

एक वर्षअघि र्‍यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले प’क्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो।
आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतको भनाइ थियो।

‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भनेका थिए। साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भएपछि अनुसन्धान थालेको थियो।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…