कोरोना जितेर हेलिकोप्टरबाट फर्किए मेयर

उदयपुर। कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाण्डौँस्थित आफन्तको होमआइसोलेसनमामा बसेका उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ मंगलबार हेलिकोप्टरबाट गृह नगर फर्किएका छन् ।

यातायातका साधनमा असुरक्षित महशुस गरेपछि मेयर श्रेष्ठसहित ५ जना हेलिकोप्टरबाट कार्यक्षेत्र फर्किएका हुन् । उनीहरु बिहान १० बजे कटारीस्थित टाइगर फिल्डमा झरेका हुन् ।

मेयर श्रेष्ठसँग इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चन्द्र सिवाकोटी, निर्माण व्यावसायी हरेराम घिमिरे, नगरपालिकाका चालक प्रेम शाही र मेयरकी भतिजी स्वेता श्रेष्ठ आएका हुन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै मेयर कोरोनामुक्त भएको कटारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

केहि दिन काठमाडौंमै आराम गर्ने योजना बनाएका मेयर श्रेष्ठले आफ्नो अनुपस्थितिमा जनताका काम र विकास निर्माणका कामहरु थुप्रै रोकिएकाले चाँडै फर्किएको बताए ।

असोज ४ गते मेयरसहित प्रमुख प्रशासकीय अधिकृत, ईलाका प्रसाशन कार्यालयका प्रमुख, कटारी नगरको शिक्षास्रोत व्यक्ति गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मेयरको १४ औं दिनमा रिपोर्ट नेगेटिभ आएको हो ।

हेलिकप्टरबाट झर्नसाथ मेयर श्रेष्ठ सिधै कटारी नगरपालिकाले ताराघारीमा निर्माणाधिन ३० बेडको आइसोलेसनमा रहेका आफ्ना नगरबासी र शुभचिन्तकलाई फलफुल लिएर भेटन र अवश्था बुझ्न पुगेका थिए ।

त्यसक्रममा उनले कोरोनाको औषधिउपचार केहि नभएपनि आत्मवल र स्वास्थ्य मापदण्ड पुरा गर्न सके सहजै जित्न सक्ने बताए । नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय समेत गरेर ११ जना संक्रमित ताराघारीमा बस्दै आएका छन् ।

संक्रमितसँग छुटेसँगै उनी नगरपालिका पुगेका थिए । त्यहाँ मेयर लगायतको टिमलाई जनप्रतिनिधि र कर्मचारीले फुलमाला लगाएर स्वागत गरेका थिए । त्यसक्रममा उनले कोरोनालाई ख्याल ठट्टा नगर्न र स्वास्थ्य मापदण्ड पुरा गर्न आग्रह गरे । मेयर श्रेष्ठले बुधबारदेखि स्वास्थ्य मापदण्डको ख्याल गरी नियमित काममा फर्कनेसमेत बताए ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…