कम्युनिस्ट आन्दाेलन बिसर्जन गरेकाे टुलुटुल हेरेर बस्न सकिँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं, १८ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलन बिसर्जन गरेको टुलुटुल हेरेर बस्न नसकिने बताएका छन्। पार्टी एकताको रक्षा गर्दै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न नदिनु पर्नेमा जोड दिएका छन्।

नेता श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही नभएको समेत बताएका छन्।

तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात ब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न सकिने बताएका छन्।

नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्,‛पार्टी भित्रको छलफल्,बहश र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं। राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं। तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…