‘रारा चाउचाउ’ उत्पादन गर्ने पोखराका चर्चित उद्यमी सूर्यबहादुर केसीको गए राति निधन

काठमाडौं। उद्यमी एवं संघीय सांसद सूर्यबहादुर केसीको गए राति पोखरा-७ स्थित निवासमा नि’धन भएको छ। ‘सुगर लेभल’ स्वाट्टै घटेपछि उनको नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ।

केसीको बैंक तथा वित्तीय संस्थाहरुमा लगानी छ। दक्षिण एसियामै पहिलो पटक चाउचाउ उत्पादन गरेको श्रेय उनलाई जान्छ। उनको कम्पनीले चर्चित ब्रान्ड ‘रारा चाउचाउ’ उत्पादन गर्छ। उनी लामो समय माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष समेत भएका थिए।

केसी पोखराका चर्चित ब्यवसायी पनि हुन्। उनी राप्रपा सहप्रवक्ता थिए। राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट अहिले सांसद भएका थिए।

केसीको लगानीमा हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू -सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रिज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक खुलेका छन्।

उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालकसमेत थिए।

केसीको पाँच वर्षअघि किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। सुगर लेभल घटबढ भइरहेको थियो। हिजो बिहान पनि सुगर घटेको थियो। साँझ खाना खाएर सुत्न लाग्दा पनि सुगर घटेपछि उनको निधन भएको हो। उनी ६५ वर्षका थिए। केसीका ३ छोरा छन्। बिजमाण्डूबाट 

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…