चौतर्फी विरोध हुँदा पनि महानगरले फेरि भन्यो, ‘भोलिदेखि खुलामञ्चमा खाना वितरण गर्न पाइन्न’

व्यापक विरोध हुँदा पनि काठमाडौं महानगरले खुलामञ्चमा निशुल्क खाना वितरण गरिरहेको समूहलाई भोलिदेखि वितरणमा रोक लगाउने भएको छ।

आज भने महानगरपालिकाले खुलामञ्चमा निशुल्क खाना वितरण गर्न दिएको छ। तर, भोलीबाट जसरी पनि बन्द गर्न निर्देशन दिएको निशुल्क खाना वितरण नेतृत्व गरिरहेका ‘हन्ड्रेड्स ग्रुप्स’ का अन्शु यादवले बताएको समाचार हिमालखबरले लेखेको छ ।

महानगरपालिकाले फोन गरेर आजैबाट निशुल्क खाना वितरण बन्द गर्न निर्देशन दिएको थियो। तर, आज वितरण गर्ने खाना पाकिसकेकोले वितरण गर्न दिन यादवले अनुरोध गरेका थिए।

अनुरोध गर्दा पनि खाना वितरण नगर्न भनिएको थियो। महानगरले वितरण बन्द गर्न भनेपनि पाकेको खाना फ्याँक्न नमिल्ने भन्दै उनीहरूले खाना लिएर खुलामञ्च पुगेका थिए।

त्यसपछि महानगरपालिकाले भोलिदेखि खाना वितरण नगर्न भनेको छ। महानगरले फोहोर भएको भन्दै निशुल्क खाना वितरणमा रोक लगाउने तर्क गरेको यादवले बताए।

उनी भन्छन् “हामीले खाना खुवाईसकेपछि फोहोरमैला उठाएर सफा गरेर मात्रै हिँड्ने गरेका छौं। त्यो भन्दा बाहेक हरेक शनिबार बिहान ८ बजे पनि सफा गरिरहेका छौं।”

खुलामञ्चमा निशुल्क खाना खुवाउने अरू पनि समूह छन्। उनीहरूले पनि आफूहरूले जसरी नै सफा गरेको देखेको यादवको भनाइ छ। विगत दुई सय बीस दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ ले कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खाना खुवाउँदै आएको छ।

महानगरले खुलामञ्चमा खाना खुवाउन नदिए पनि अन्य खुला सार्वजनिक स्थानमा अझै केही दिन खाना खुवाउने उनले बताए। “हामीले बाध्यतामा परेकाहरूलाई केही सहज बनाईदिन खोजेका हौं।

रहरले कोही पनि सार्वजनिक स्थानमा निशुल्क बाँडेको खाना खान आउँदैन”, उनले भने,  “यदि हामीले निशुल्क खाना वितरण गर्न मिल्दैन भने महानगरले उहाँहरुको खाना व्यवस्था गरिदिओस्। यता छोडेर महानगरलाई सहयोग गर्न तयार छौं।”

काठमाडौं महानगरपालिकाले भने नागरिकहरूकै गुनासोको कारण बन्द गर्न आग्रह गरेको जनाएको छ। यातायात संचालनमा आएको र मान्छेको चाप पनि बढ्दै गएपछि आउजाउमा समस्या भएको नागरिकहरूले गुनासो गरेको महानगर प्रवक्ता ईश्वरमान डंगोलले बताए।

निशुल्क खाना वितरण गर्ने समूहहरूको सेवाभावको कदर गर्दै यातायात र मान्छेको भीडबीच धुँवा धुलोमा खाना वितरण भईरहेकोले स्थानको विकल्प रोज्न आग्रह गरेको उनले बताए। डंगोलले भने “बन्दाबन्दी खुलेसँगै मान्छेको भीड, यातायात संचालनले नागरिकको आउजाउमा समस्या हुनुनका साथै भीडभाड र धुँवाधुलोले खाना खानेलाई पनि असर गरिरहेकोले विकल्प रोज्न आग्रह गरेका हौं।”

प्रवक्ता डंगोल निशुल्क खाना वितरण गर्ने समूहहरुले खुलामञ्चको विकल्पमा पार्टी प्यालेसहरू रोज्नसक्ने बताउँछन्। उनी भन्छन् “उहाँहरूले पार्टी प्यालेसहरूसँग समन्वय गरेर खुलामञ्चको विकल्पको रुपमा प्रयोग गर्न सक्नुहुन्छ। अहिले खाली भएर बसेका पार्टी प्यालेसहरुले यस्तो राम्रो कामका निम्ति नमान्ने सम्भावना कम हुन्छ।”

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…