सरकारको बेइज्जत भयाे, नि:शुल्क खाना अभियान हटाऊ : काठमाडौं महानगरपालिका

काठमाडौं, १७ कात्तिक । काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरेर नि:शुल्क खाना खुवाउने अभियान प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइज्जत भएको भन्दै प्रहरी नै खटाएर प्रतिबन्ध गरेको हो ।

अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आश्रममार्फत त्यस्ता मानिसहरुको उद्धार गरेरे व्यवस्थापन गरिरहेको महानगरको दावी छ । त्यस्तै सडकमा खाना खानुपर्ने अवस्थामा मानिस बाहेक अन्य मानिस अरुपनि खाना बाँड्दै गरेको ठाउँमा आएर खाने गरेकोले नि:शुल्क खाना अभियान महानगरले प्रतिबन्ध लगाएको जनाएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा खटिएका प्रहरीहरुले केहि दिन अघिबाट अभियान्ताहरुलाई निशुल्क खाना अभियान बन्द गराइरहेका छन् । महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अनुरोध गरेको छ ।

सार्वजनिक तथा सडकहरुमा खाना खुवाउदा फोहोर हुने र सरकारको बेइजत हुने महानगरको भनाइ छ । कोरोना महामारी फैलिएपछि रोजगारी गुमाएर खाना खान नपाएकाहरुलाई केही अभियान्ताका साथै कलाकारहरुलेसमेत काठमाडौंका खुलामञ्च तथा खाली भागहरुमा बसाएर खाना खुवाउने व्यवस्था मिलाइरहेका थिए ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…