पार्टी फुटको संघारमा पुग्दा समेत ओली भन्छन् – ‘बैठकमा पनि बस्दिनँ, पार्टी निर्णय पनि मान्दिन्’

काठमाडौं, १६ कार्तिक। सत्तारूढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्र उत्पन्न विवादले पार्टी फुटको संघारमा पुगेको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल यतिवेला वारपारको अवस्थामा पुगेका छन्। हिजोमात्रै दाहालले १२ दिनपछि ओलीसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

उक्त भेटमा ओलीले ‘अब सँगै जान सकिँदैन्, अलग अलग जाऔं’ भनेर आफूसँग भनेको दाहालले आज सचिवालयका ६ जना बहुमत सदस्य सम्मिलित भेलामा ब्रिफिङ गरेका थिए।

उक्त भेलामा दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादल सहभागी थिए।

भेलामा सहभागी नेता खनालले प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्ताबारे भने, ‘हिजो अध्यक्ष कमरेड दाहालले प्रधानमन्त्री ओलीजीसँग भेट्नुभयो । उहाँले प्रचण्ड कमरेडसँग म पार्टीको निर्णय पनि मान्दिनँ।

तपाईले जे निर्णय गरे म त्यही मान्छु ? मलाई असहयोग गर्ने ? भनेर भन्नुभयो अरे। उहाँले अलग अलग भएर जाऔं भनेर पनि प्रस्ताव गर्नुभयो अरे। आज प्रचण्डजीले हामीलाई यही ब्रिफिङ गर्नुभयो। हामी छलफलमा छौं। पार्टीभित्र गम्भीर संकट आयो। कसरी एकता बचाउने भन्नेबारे हामी छलफलमा छौं।’

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…