भारतीय सेनाध्यक्ष नरभणेको नेपाल भ्रमण रद्द गर्न माग

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको नेपाल भ्रमण रद्द गर्न नेपालका प्रगतिशील लेखकले माग गरेका छन्।

प्रगतिशील लेखनका क्षेत्रमा सक्रिय ९३ जना लेखक तथा साहित्यकारले एक विज्ञप्ति जारी गर्दै नरभणेको नेपाल भ्रमण रद्द गर्न माग गरेका हुन् ।

नेपालीलाई होच्याउने र अपमानित गर्ने भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रद्द गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘पदीय मर्यादासमेत ख्याल नगरेर नेपालका प्रधानमन्त्रीले नेपाल र नेपालीहरूको नै अपमान हुनेगरी भारतीय गुप्तचर संस्था रअको प्रमुख सामन्त गोयलसँग रहस्यमय वार्ता गर्नु र हुँदा हुँदै नेपालको अर्को छिमेकी मुलुकलाई अनाहकमा मुछेर तथा नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ ।’ विज्ञप्तिमा भिनएको छ ।

विज्ञप्तिमा भारतद्वारा जबर्जस्ती आफ्नो नक्सामा समावेश गरिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली जनताको व्यापक दवावपश्चात् नेपालको नक्सामा समावेश गरेको नेपाल सरकारले आफ्नो भूमि नक्सामा मात्र नभई यथार्थमै अधिकारमा लिने थप पहल र पैरवी गर्नु पर्ने बेलामा नयाँ नक्साबारे नयाँ पुस्ताका विद्यार्थीहरूका निम्ति तयार पारेको पाठ्यपुस्तक वितरणमा रोक लगाएर उल्टो काम गरेको समेत आरोप छ ।

‘त्यति मात्र होइन’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीले दसैँ सन्देश प्रसार गर्दा प्रदर्शित पुरानो नक्सायुक्त निसानको प्रयोग समेतले अहिलेको सरकार छली राष्ट्रवादको अभ्यासमा लिप्त रही मुलुकको सार्वभौमिकतालाई सत्तास्वार्थसँग विनिमय गर्न लागिरहेको बोध हुन थालेको छ ।’

प्रगतिशील साहित्यकार निनु चापागाईं, प्राडा. जगदीशचन्द्र मण्डारी, रोशन जनकपुरी, इस्माली, आहुतीलगायत ९३ जना साहित्कर्मीहरुले आफ्नै देशका समेत प्रतिनिधि संलग्न रहेको ईपीजीले तयार पारेको द्विदेशीय सम्बन्धका विवाद र समाधानसम्बन्धी प्रतिवेदन वर्षदिन बितिसक्दा पनि बुझ्न अस्वीकार गर्ने दम्भी भारतीय नेतृत्वका सामु सरकारले घुँडा टेक्न थालेको समेत आरोप लगाएका छन् ।

पदीय मर्यादासमेत ख्याल नगरेर नेपालका प्रधानमन्त्रीले नेपाल र नेपालीहरूको नै अपमान हुनेगरी भारतीय गुप्तचर संस्था रअको प्रमुख सामन्त गोयलसँग रहस्यमय वार्ता गर्नु र हुँदा हुँदै नेपालको अर्को छिमेकी मुलुकलाई अनाहकमा मुछेर तथा नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सहअस्तित्व अस्वीकार गर्ने हेपाहा प्रवृत्तिलाई सम्मान गर्नु भनेको स्वयम् अपमानित हुनु भएको उल्लेख गर्दै नरवणेले बोलेको दुर्वचन फिर्ता नलिएसम्म नेपाल भ्रमण रद्द गर्न माग गरिएको छ ।

यसका साथै नेपाली सेनाको मानार्थ अध्यक्षको सम्मान दिने कार्य अन्त्य गर्न तथा भारतीय सेनामा नेपाली युवाहरूलाई लैजाने गोर्खा भर्ती केन्द्रसमेत सदाका लागि बन्द गर्न उनीहरुले माग गरेका छन् ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…