नेपालमा प्रतिबन्ध खुकुलो भएसँगै आउन थाले विदेशी पर्यटक

काठमाडौं । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका छन् । अध्यागमन विभागका अनुसार गत साउनसम्म नगन्य रहेको विदेशी नागरिकको आवागमन भदौपछि भने बढ्न थालेको छ । असोजमा पनि यस्तो संख्यामा वृद्धि भएको पाइएको छ ।

सरकारले अक्टोवर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको अनुमति दिएसँगै विदेशी पर्यटक आवागमनले गति लिएको पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले जानकारी दिए ।

आशाको किरण देखिएको छ,’ उनले भने, ‘महामारीका बीचमा पनि पर्यटक आगमन राम्रै हुने संकेत देखिन्छ ।’

सरकारले पर्वतारोहण र पदयात्राका लागि १७ अक्टोवरबाट नेपाल खुला भएको घोषणा गरेको हो । पर्यटकले ५ लाख डलरको कोरोना बीमा गरी नेपालमा पदयात्रा वा पर्वतारोहण गर्ने दिनको तालिका, पर्वतारोहण तथा पदयात्रा गर्न पाउने अनुमतिसहित प्रस्तावमा मागेमा अनअराइभल भिसा उपलब्ध गराउन थालेको हो ।

त्यसअगाडि भने विदेशी कुटनीतिक नियोगका कर्मचारी, विकास साझेदार संघ संस्थाका प्रतिनिधि तथा कर्मचारी र उनीहरुको परिवारलाई मात्र अनुमति थियो ।

त्यसपछि सरकारले नेपालका विकास निर्माणका काममा काम गर्ने विदेशी कामदारलाई समेत नेपाल आउने ढोका खोलेको थियो । नेपाल आइसकेपछि भने सबै विदेशी नागरिक ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ ।

१७ अक्टोबरपछि ८० विदेशीको भ्रमण सिफारिस

ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल -टान)का अनुसार १७ अक्टोबरयता नेपाल भ्रमणको तयारी पुरा गरेका ८० जना पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउन सिफारिस भइसकेको छ । यो शनिबारसम्मको तथ्यांक हो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार यी ८० जना विशुद्ध भ्रमणकै लागि नेपाल आउन चाहेका पर्यटक हुन् ।

यसबाहेक नेपालमा विभिन्न प्रयोजनका लागि दूतावासको सिफारिसमा आउने विदेशीको आगमन यसमा जोडिँदैन ।

उकालो लाग्दै आगमनदर

अध्यागमन विभागका अनुसार साउन २०७७ मा कुल १३७ जना विदेशी नेपाल आएका थिए । उक्त महिनामा २२ हजार ९ सय ३२ जना नेपाली घर फर्किएका थिए ।

भदौ महिनामो विदेशीको आगमन बढेर ४ सय ११ पुग्यो । यो महिनामा नेपालीको आगमन भने १५ हजार ८ सय २२ थियो ।

असोज महिनामा विदेशी पर्यटकको आगमन ११९१ पुगेको छ । यो संख्या चैतयताकै सबैभन्दा बढी हो ।

असोजमा नेपालीको आगमन भने ४६ हजार ४८ जना थियो । कात्तिक महिनामा विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।

किनकी नेपालमा पदयात्राका लागि सबैभन्दा उपयुक्त मौसम अहिले चलिरहेको छ । यस समय सगरमाथा आधार शिविरसम्मको पदयात्रा बढी चल्छ ।

आन्तरिक पर्यटनमा उत्साह

दशैं बिदाको अवसर पारी भ्रमणमा निस्किएका आन्तरिक पर्यटकले अहिले व्यवसायीलाई बढी उत्साहित बनाएको छ ।

टानका अध्यक्ष सुवेदीका अनुसार पोखरा र चितवन आन्तरिक पर्यटकका सदावहार गन्तब्य हुन् । यी दुई गन्तब्यमा राम्रै चहलपहल भएको छ ।

यसबाहेक सगरमाथा आधार क्षेत्रको पदयात्रा, अन्नपूर्ण पदयात्रा अन्तर्गत मार्दी हिमालको पदयात्रा र लाङटाङमा बढी आन्तरिक पर्यटक पुगेका छन् । यसले स्थानीय क्षेत्रमा होटेल व्यवसायीले उत्साहित बनाएको उनले बताए ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…