राजतन्त्र फर्काउने भन्दै राजावादीहरु सडकमा

जनकपुर । राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढ्न थालेको छ । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन भन्दै शनिबार उनीहरुले देशव्यापी रुपमा अभियान शुरुवात गरेका छन् । सोही क्रममा जनकपुरधाममा समेत शनिबार र्याली निकालिएको छ ।

राजतन्त्र समर्थकहरुको र्यालीले जनकपुरधाम नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नाराबाजीसमेत गरेका थिए । र्यालीमा सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर, भ्रष्टाचार अन्त्य गर, हत्याहिंसा बलात्कारजस्ता जघन्य आपराधिक घटना नियन्त्रण गर लगायतका नारा लगाएका थिए ।

राष्ट्रवादी नागरिक समाजको उक्त अभियानका संयोजक चन्द्रबहादुरले देशमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको, बलात्कार, हत्याहिंसा जस्ता घटनाहरु दिनदिनै बढ्न थाल्दा समेत सरकार मुकदर्शक बनेको भन्दै राजतन्त्र नै फर्काउनुपर्ने दाबी गरे । उनले अहिलेका संसदीय दलहरुबाट देशलाई बचाउन सक्ने अवस्था नरहेकाले देशले राजतन्त्रको खाँचो महशुस गरेको उनको भनाइ थियो ।

उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी महाअभियान जारी रहने बताइन् । उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दाबीसमेत गरिन् । उनले समावेशी राज्यसत्ता सहितको शासनले नै देशमा समृद्धि ल्याउने बताइन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…