६४ जुवाडे प’क्राउ

काठमाडौं । काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई शुक्रबार राति प्रहरीले प’क्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक तास सहित फेला पारी प’क्राउ गरेको हो ।

यसैगरी कैलालीको जोशीपुर गाउँपालिका-१ स्याउले बजार बस्ने ३५ वर्षीय यज्ञ बहादुर बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत २९ जनालाई नगद २ लाख ५१ हजार ४ सय रुपैयाँ र ८ गड्डी तास सहित शनिबार बिहान प्रहरीले प’क्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई प’क्राउ गरेको हो ।

तनहुँको भानु नगरपालिका-१० चोकमैदान हानहटिया बस्ने सूर्य कुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय अर्जुन उप्रेती लगायत १६ जनालाई पनि नगद ४८ हजार २ सय ७० रुपैयाँ सहित शनिबार बिहान प्रहरीले प’क्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई प’क्राउ गरेको हो ।

यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद १८ हजार ३ सय ८५ रुपैयाँ सहित शुक्रबार राति प्रहरीले प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई प’क्राउ गरेको हो ।

यसैगरी महोत्तरीको मनराशिश्वा नगरपालिका-७ बासघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद कुमार साह समेत ३ जनालाई नगद ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँ र ९ थान कौडा सहित शनिबार बिहान प्रहरीले प’क्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सलपल्लो र ईलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनीहरुलाई प’क्राउ गरेको हो । साथै खेलमा संलग्न अन्य फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…