दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ।

नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र अमेरिकाबीच बेसिक एक्स्चेन्ज एन्ड कोअपरेसन एग्रिमेन्ट (बेका) मा ह’स्ताक्षर भएको थियो।

बैठकका लागि भारत आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतलाई विश्वकै सबैभन्दा आधुनिक मानिने सशस्त्र ड्रोन एमक्यू–९ रिपर बेच्ने प्रयास गरेका थिए।

तर, समाचार एजेन्सी स्पुतनिकले जनाएअनुसार अमेरिकी प्रस्तावलाई भारतले अस्वीकार गरिदिएको छ।

भारतीय पक्षले यो प्रस्तावमा हतारमा निर्णय नगर्ने जवाफ दिएको हो।

‘यो सम्झौता करिब ३ अ’र्ब डलरबराबरको छ। यो निर्णयको एउटा मुख्य कारण आर्थिक सिमितता नै हो। त्यसबाहेक सो ड्रो’नबाट भारतीय सेनालाई के फाइदा हुन्छ, त्यसको मूल्यांकन पनि हामी गर्दैछौँ,’ स्पुतनिक उच्च स्रोतको भनाइ उधृत गरेको छ।

भारतलाई ड्रोन बेच्ने प्रस्ताव ट्रम्प प्रशासनले सन् २०१७ मै राखेको थियो। दिल्ली बैठकमा अमेरिकी मन्त्रीहरुको प्रमुख एजेन्डा नै सोही ड्रोन बेच्नु भएको बताइएको छ।

हालै नागोर्नो का’राबाखको विषयलाई लिएर अजरबैजान र अर्मेनियाबीच भएको यु’द्धमा सशस्त्र ड्रो’नको व्यापक प्रयोग गरिएको थियो। एजेन्सी

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…