हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ।

बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य नरहेको, चीनकै एक सहरमा परिणत भएको भन्दै अमेरिकाले हङकङमा आयात गर्ने सामानमा मेड इन हङकङको ठाउँमा ‘मेड इन चाइना’ लेख्न थालेको हो।

यसपछि रुष्ट बनेको हङकङ सरकारले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा उजुरी दिने चेतावनी दिएको छ।

यही वर्ष जुनमा चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेको छ।

यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले हङकङलाई दिने गरेको विशेष आर्थिक सुविधा खारेज गर्दै अबदेखि हङकङबाट अमेरिका आयात हुने सामानमा ‘मेड इन हङकङ’ को सट्टा ‘मेड इन चाइना’ लेख्न भनेका हुन्।

गत जुलाईमा ट्रम्पले कार्यकारी आदेश पारित गर्दै अबदेखि हङकङ स्वायत्त देश नभएर चीनकै एक भाग भएको घोषणा गरेका हुन्।

आदेशमा भनिएको छ, ‘अबदेखि हङकङ स्वायत्त क्षेत्र रहेन, यसकारण चीनसँग भन्दा भिन्न सम्बन्ध किन राख्ने?’

चीनले जुन सुरक्षा कानुन हङकङमा लागू गरेको छ, त्यसअनुसार अब हङकङमा बन्ने सामान अन्य देशमा लाँदा ‘मेड इन चाइना’ लेखिनुपर्ने अमेरिकाको भनाइ छ।

सोही कदमविरुद्ध शुक्रबार हङकङका अधिकारीले विश्व व्यापार संगठनमा मुद्दा हाल्ने चेतावनी दिएका हुन्।

समाचार एजेन्सी एएफपीका अनुसार हङकङका व्यापार सचिव एडवर्ड याउले पत्रकार सम्मेलनमा भने, ‘अमेरिका गैरजिम्मेवार ढंगले हङकङको अस्तित्व कमजोर पार्ने कोसिसमा लागेको छ। जसले विश्व बजारमा भ्रम पैदा गर्नेछ र यो नियमअनुसार हुने बहुपक्षीय व्यापार प्रणालीको बर्खिलाप पनि हो।’

यस विषयमा गत सेप्टेम्बरमै अमेरिकालाई पत्र पठाइएको भए पनि उसले आफ्नो रवैया नछाडेकाले यो विषय विश्व व्यापार संगठनमै लानुपर्ने अवस्था आएको उनले बताएका छन्।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…