मेलम्ची आयोजनाको नयाँ भाका आउँदो नयाँ वर्ष

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ ।

प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ सम्म आयोजनाको काम सकिने छ । अर्थात् आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना सरकारको छ ।

मेलम्ची आयोजनाको म्याद पटक-पटक थपिनु र यसको निर्माण सकिने भाका पर सर्नु नौलो विषय हैन । यसपटक पनि दशैंसम्म कठमाडौंबासीलाई पानी खुवाउने सरकारको बाचा पुरा भएन ।

खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर भनेकी थिइन्, मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ ।’

तर, यो आयोजनालाई पनि कोभिड-१९ को कारण देखाएर पछि धकेलियो । २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फस्यो । अहिले अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम हुँदैछ ।

आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तका अनुसार महामारीका कारण असर परे पनि काम रोकिएको थिएन । तर, सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजनालाई फेरि समस्यामा पारेको छ ।

विगतमा गरिएको लकडाउनका कारण आयोजनामा रहेका सुरुङको गेट लगायतको काम गर्न उच्च दक्ष कामदार र विज्ञहरु विभिन्न देशबाट ल्याउनुपर्नेमा त्यो सम्भव भएको थिएन । आयोजनाका अनुसार लकडाउन हुँदा भारतमा उद्योगधन्दा बन्द हुँदा आवश्यक सामग्रीहरु ल्याउन सहज भएन ।

अहिल चैत त्रिभ काम सक्ने भनिएपनि सो अवधिमा पनि काम सक्नु सहज अवस्था नरहेको आयोजनाका अधिकारीहरु बताउँछन् । कामको गति बढाएमा त्यो भन्दा अघि नै काम सक्ने सम्भावना भएपनि माहमारीका कारण असर परिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका सहायक प्रवक्ता पन्तका अनुसार अहिले सबै खालका मेडिकल प्रोटोकल पालना गरेर अडिट टनेललाई थुन्ने सहित हेडवर्क्स निर्माण गर्ने काम भइरहेको छ ।

०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक-पटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ ।

आयोजनाको मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ । यो आयोजना पनि कोरोनाकै कारण देखाएर अनिश्चयको भुमरीमा धकेलिएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…