फ्रान्समा राष्ट्रब्यापी लकडाउन : पेरिस छाड्नेहरुको रेकर्ड ७०० किलोमिटर कारहरुको लामो ट्राफिक

फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुन केही समयअघि मात्र राजधानी पेरिस छाड्नेहरुको लर्को लागेको छ । बिहीबार साँझ कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक देखिएको स्थानीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि शुक्रबार मध्यरातदेखि फ्रान्समा लकडाउन लागू भएको छ । नयाँ प्रतिबन्धअनुसार मानिसहरुलाई घरमा अत्वाश्यक काम र स्वास्थ्य कारणबाहेक घरमा नै बस्न भनिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले कोरोनाभाइरसको दोस्रो लहरले पहिलो लहरको तुलनामा पूरै देशलाई प्रभावित पार्ने खतरा रहेको बताएका छन् । अप्रिल यता फ्रान्समा कोरोनाभाइरसको कारण मर्नेको संख्या सबैभन्दा उच्च रहेको छ । बिहीबार थप ४७ हजार ६३७ संक्रमित थपिँदा २५० जनाले ज्यान गु माएका छन् ।

फ्रेन्च मिडियाका अनुसार पेरिसका बासिन्दाहरु ग्रामिण क्षेत्रमा लकडाउन बिताउनका लागि सहर छाडेका छन् । गत मार्चमा पहिलो पटक लकडाउन लागू गर्दा पनि यस्तै दृश्य देखिएको थियो ।

केही क्षेत्रहरुका बासिन्दा त पेरिसबासीहरुसँग क्रुद्ध नै देखिएका थिए । ‘हामी सबैलाई घरमा बस्न भनिरहेका छौँ । तर, पेरिसबाट ४ हजार जना तपाईंको ठाउँ आउँदैछन् र त्यसमध्ये एक तिहाई थाहै नभइ संक्रमित छन् भने उनीहरुले संक्रमणलाई थप फैलाउने खतरा हुन्छ,’ स्थानीय पत्रिकामा एक जनाले विचार प्रस्तुत गरेका छन् ।

पहिलो लकडाउनका दौरान संक्रमणबाट पेरिस र उत्तर पूर्वीभाग बढी प्रभावित भएका थिए । तर, यसपटक देशका सबै भागमा संक्रमण फैलिएको छ । बीबीसी

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…