साउदी अरबको नयाँ नोटमा पाकिस्तानमा पर्ने कश्मिर आफ्नोमा देखाउन समेट्न भारतको माग

साउदी अरबले हालै जारी गरेको नयाँ नोट २० रियालमा देखाइएको नक्सामा पाकिस्तानमा पर्ने जम्मु कश्मित भारतमा नदेखाइएको भन्दै भारतले अधिकारिक रुपमा विरोध जनाएको छ।

साउदी अरबले निकालेको नयाँ नोटमा रहेको अन्तर्राष्ट्रिय सीमाका बारेमा भारतले चिन्ता व्यक्त गर्दै सुधारको माग साउदी समक्ष गरेको छ।

गत साता जारी भएको नोटमाथि एक बयान जारी गर्दै भारतको विदेश मन्त्रालयले बिहीबार ‘तत्काल सुधारात्मक कदम’ उठाउन माग गरेको हो।

साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु-कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन।

साउदीले २० रियालको जी-२० मा आफ्नो अध्यक्षतालाई संकेत गर्न विश्वको नक्सा राखेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताए।

‘हामीले नोट हेरेका छौं र यसले भारतको बाहिरी क्षेत्रीय सीमालाई गलत तरिकाले प्रस्तुत गर्छ’, उनले भने, ‘हामीले हाम्रो चिन्ताका बारेमा साउदी अरबलाई भनिसकेका छौं। हामीले नयाँ दिल्लीमा रहेका उनीहरूका राजदूतसँगै रियादमा पनि भनिसकेका छौं।’

मिडिया रिपोर्टहरूका अनुसार यस नक्सामा पाकिस्तान प्रशासित कश्मिरको गिलउत-बाल्टिस्तान क्षेत्रलाई पनि पाकिस्तानको हिस्सा देखाइएको छैन।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…