यो हो रुघाखोकीमा प्राकृतिक उपचार

अहिले रुघाखोकी लाग्नसाथ मान्छेमा डर पैदा हुन्छ । उनीहरु आफैमाथि शंका गर्न थाल्छन्, ‘कतै कोरोना त लागेन ?’

कोरोनाको सुरुवाती वा साझा लक्षण हो, रुघाकोखी । जबकी अहिले चिसो मौसम सुरु भएको छ । चिसोमा पनि सामान्यत धेरैलाई रुघाखोकीले सताउने गर्छ । धेरैजसो अवस्थामा रुघाखोकी त्यती जटिल मानिदैन ।

केही समयपछि यो आफै निको हुन्छ । रुघाखोकीले सताएमा प्रशस्त तातो पानी, झोलयुक्त पदार्थ खाने र आरम गर्ने हो । यति भएपछि औषधि उपचारको जरुरत पर्दैन ।

यद्यपि बुढापाका, रोगी र बालबच्चालाई भने अलि बढी नै सताउने जोखिम पनि रहन्छ । चिसोको कारण उनीहरुलाई निमोनिया हुने खतरा रहन्छ । त्यसैले जाडो सुरु भएसँगै केही सावधानी अपनाउन जरुरी छ ।

रुघाखोकी लाग्नसाथ औषधि खोज्ने प्रवृत्ति पनि धेरैको हुन्छ । तर, सामन्य रुघाखोकीमा घरेलु ओखती नै काफी हुन्छ । त्यसैगरी रुघाखोकी लागेको बेला तातो पानीको बाफ लिनु सर्वोत्तम हो । यसले बन्द नाक खुल्छ, फोक्सोलाई पनि फाइदा गर्छ । बेला बेलामा तातो पानीको बाफ लिएमा रुघाखोकीको समस्याबाट चाडै छुटकारा पाइन्छ ।

यससँगै केही यस्ता ओखति पनि प्रयोग गर्न सकिन्छ, जो तपाईं–हाम्रो घरमा सजिलै उपलब्ध हुन्छ । जस्तो कि, तुलसी पानी । तुलसीको केही पातलाई पानीमा उमालेर सेवन गर्नुपर्छ ।

तुलसीको पात चपाउँदा पनि हुन्छ । त्यसो त तुलसी अन्य समस्याहरुमा पनि उपयुक्त हुन्छ । जाडोमा अक्सर रुघाखोकीसँगै ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीको सेवन उपयोगी हुन्छ ।

तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ ।

त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

यसैगरी मह र तातोपानी । मह मिसाएको तातो पानीले रुघामा धेरै राहत दिन्छ । त्यसैगरी बेसार र दुध । एक गिलास तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउनुपर्छ ।

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दुध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ । अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठीक हुन्छ ।

भर्खरै प्रकाशित

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…