प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो आएछन् !

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो भेटघाटबारे नयाँ तथ्य (?) अघि सारेका छन् ।

प्रधानमन्त्री ओलीले यो भेटबारे औपचारिकरुपमा केही बताएका छैनन् । तर, आफू नजिकका नेताहरुलाई भने ब्रिफिङ गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना अति नजिकका नेतालाई गरेको बि्रफिङबारे जानकारी दिँदै नेकपाका एक ओलीपक्षीय केन्द्रीय नेताले अनलाइनखबरसँग भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूत पठाउँछु भन्नुभएछ, को पठाउने भन्ने थाहै नभई रअका प्रमुख पो आएछन् !’
प्रधानमन्त्री ओलीले यो भेट कुनै गोप्य नभएको र त्यसको टिपोट विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँग रहेको आफूनिकट नेताहरुलाई बताएका छन् ।

प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यो भेट केही पनि गोप्य होइन, राजन भट्टराईले सबै टिपोट गरेका छन्, मागेर हेर्दा हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय गुप्तचर प्रमुख गोयलको टोली गत बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएको थियो । सोही दिन राति १० देखि १२ बजेसम्म प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेर बिहीबार बिहान टोली दिल्ली फर्केको थियो ।

गुप्तचरको टोली बालुवाटार आएको मिडियाबाट ‘एक्स्पोज’ भएपछि विहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गरेर गुप्तचर प्रमुख सामन्तले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको बताएका थिए ।

भेटको दुईदिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामन्त गुप्तचर प्रमुखका रुपमा नभई मोदीको दूतका रुपमा भेट गर्न आएको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

भारतले नेपालको सीमा अतिक्रमण गरिरहेका बेला गुप्तचर प्रमुखलाई प्रधानमन्त्रीले निवासमै यसरी भेट गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै नेकपाभित्र र बाहिर दुबै ठाउँबाट सरकारको आलोचना भइरहेको छ ।

नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र कार्यकारी अध्यक्ष प्रचण्डले समेत यो भेटघाटप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भने विगतमा पनि यस्ता भेटघाटहरु हुने गरेका भन्दै यसलाई आपत्तिजनकरुपमा लिइन नहुने बताएको उनी निकट एक नेताले अनलाइनखबरलाई बताए ।

भर्खरै प्रकाशित

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका…

चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल…

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी…

विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन : दिपेन्द…

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको…

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित चुनावी मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा…

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको…

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह’त्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको ह’त्या भएको जानकारी…