कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ र जे’लमा कैदीको चाप पनि बढ्दैछ । तर युरोपेली मुलुक नेदरल्याण्ड एउटा यस्तो देश बनेको छ, जहाँका जेलहरु बन्द हुने चरणमा छन् ।

अ’प’राधको शून्यजस्तै भएको नेदरल्याण्डमा जेल हाल्नका लागि कैदीहरु नै नभएपछि व्यर्थको प्रशासनिक खर्च कटाउनका लागि जे’लहरु बन्द भैरहेका छन् । त्यहाँका अधि’कांश जेल बन्द भैसकेका छन् ।

एक अध्ययन अनुसार नेदरल्याण्डमा हरेक एक लाख मानिसमा केवल ६१ जना मानिसले मात्र विभिन्न खाले अपराधमा संलग्न हुने गरेका छन् । तीमध्ये अधिकांशको कसुर कुनै गम्भीर प्रकृतिको हुँदैन र जेल पठाउनु आवश्यक पर्दैन । जेल पठाइएकालाई पनि छिटै जेलबाट निकालेर समाजमा पुनर्स्थापित गरिन्छ ।

नेदरल्याण्डमा हाल जनसंख्या एक करोड ७३ लाख छ । जनसंख्यालाई मध्यनजर गर्दै त्यहाँको न्याय मन्त्रालयले देशमा सन् २०२३ सम्ममा विभिन्न अ’परा’धमा संलग्न मानिसहरुको संख्या कुल ९ हजार ८१० जना हुनसक्ने प्र’क्षेपण गरेको छ ।

नेदरल्याण्डमा जेलका भवनहरु खाली भएसँगै छिमेकी देश नर्वेबाट कैदीहरु ल्याएरसमेत राखिएको छ । नर्वेमा अपराधको दर तुलनात्मकरुपमा बढी छ ।

सन् २०१५ देखि नै नेदरल्याण्डमा नर्वेबाट कैदी ल्याएर राखिदिन सुरु गरेको हो । नर्वेसँग आफ्ना कैदीहरु राख्ने ठाउँ कम हुन थालेपछि नेदरल्याण्डले सहयोगको हात बढाएको हो ।

नेदरल्याण्डमा कैदीको संख्या कम हुनुको एउटा अर्को कारण पनि छ । त्यहाँ निश्चित प्रकारका कसुरमा संलग्न अभियुक्ततलाई जे’ल सजायको साटो जरिवाना तथा सामाजिक कार्यमा खटाउने लगायतका सजाय दिइन्छ ।

साथै अस्पताल तथा सरकारी कार्यालयमा जनश्रमदान गर्ने सजाय पनि दिने गरिन्छ । सरकारले तोकेको श्रम सजाय भुक्तान गरेपछि अभियुक्तहरु जेल बस्नु पर्दैन । एजेन्सी

भर्खरै प्रकाशित

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…

केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर…