अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ।

प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ४ का नवीन घिमिरे, नेपालगञ्ज वडा नं. १० का टोपबहादुर शाही, नेपालगञ्ज वडा नं. ४ का पब्लु भण्डारी, सोही ठाउँका तरुण गौतम, नेपालगञ्ज वडा नं. ७ का रवीन राणा, नेपालगञ्ज वडा नं. ४ का सन्तोष वली, सोही ठाउँका कृष्णबहादुर सुवेदी र नेपालगञ्ज वडा नं. १ का रहमान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ४६ वर्षीय कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार बेलुका साढे ८ बजे प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो। उक्त जुवामा छापा मार्न बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैं गएका थिए।

राना नेतृत्वमा वडा प्रहरी कार्यालय र जिल्लाको टोलीले वलीको घरमा छापा हानेर तलासी लिँदा दस जुवाडेसहित २९ लाख ४८ हजार ७ सय रुपैयाँ नगद बरामद भएको रानाले बताए।

प’क्रा’उ परेकामध्ये नेपालगञ्ज वडा नं. १ का रहमान मियाँ नेपालगञ्जका व्यापारी हुन्। प’क्राउ परेका अन्य प्राय: सबै व्यापारी तथा जग्गा व्यापारीहरू रहेको प्रहरीले बताएको छ।

बुधबार बेलुका सवा ८ बज्दा नबज्दै प्रहरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित कृष्णप्रसाद वलीको घर घे’राउ गरिसकेको थियो।

वलीको घरमा जुवा भइरहेको भन्ने गो’प्य सूचनाको आधारमा प्रहरी वलीको घर घेर्न पुगेको थियो। जसको नेतृत्व जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफैंले गरेका थिए।

केहीबेरको घे’राउपछि प्रहरीले परिचय दिएर ढोका खोल्न आग्रह गर्‍यो। तर, ढोका तत्कालै खोलिएन। केही समय ढिलो गरी ढोका खोलियो।

त्यसपछि प्रहरीभित्र प्रवेश गर्‍यो। ‘प्रहरीलाई छक्याउन जुवाडेहरू टिका लगाएको अभिनय गर्दै थिए,’ एसपी रानाले भने, ‘कतिपयले बियर खाइरहेको अवस्था देखिन्थ्यो।’

विश्वासिलो सूचनाका आधारमा प्रहरी पुगेको हुँदा उनीहरूको अभिनयलाई हेरेर मात्रै प्रहरी चुप लागेर बसेन। प्रहरीले तलासी लियो।

एसपी रानाका अनुसार टीका लगाउने थाली र जमरामुनि लुकाएर राखेका पैसा फेला परे। त्यसपछि कति पैसा दराज र उनीहरू बसेकै ठाउँकै आसपासमा कपडामुनि लुकाएको अवस्थामा फेला परेको एसपी रानाले सेतोपाटीलाई बताए।

भर्खरै प्रकाशित

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका…

चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल…

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी…

विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन : दिपेन्द…

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको…

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित चुनावी मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा…

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको…

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह’त्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको ह’त्या भएको जानकारी…