होङ्सी सिमेन्ट उद्योगमा बिजुली पुर्‍याउन ५६०० रूख काटिने

पूर्वी नवलपरासी — नेपालको सबैभन्दा ठूलो होङ्सी सिमेन्ट उद्योगमा बिजुली पुर्‍याउन बर्दघाट–सर्दी १३२ केभीए प्रसारण लाइन निर्माणका लागि ५ हजार ६ सय रूख काटिने भएको छ  । पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–२ सर्दीमा उद्योगको कारखाना छ  ।

३६ अर्ब रुपैयाँ चिनियाँ लगानीमा सञ्चालित होङ्सी सिमेन्ट उद्योगका लागि आवश्यक विद्युत् सरकारले दिनुपर्ने सहमति थियो । सोहीअनुसार १३२ केभीए प्रसारण लाइनको निर्माण सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लगानीमा बर्दघाट नगरपालिकाको विद्युत् सबस्टेसनदेखि दाउन्ने, दुम्कीबास हुँदै १३२ केभीए प्रसारण लाइन उद्योगमा लैजानुपर्छ । प्रसारण लाइनको विस्तार गरिन लागेको क्षेत्रमा दाउन्ने धार्मिक वनको अधिकांश क्षेत्र पर्छ ।

बर्दघाटदेखि उत्तरतर्फको २० किलोमिटर पहाडी जंगल, दाउन्ने मन्दिर हुँदै सर्दीमा रहेको उद्योगमा विद्युत् पुर्‍याउनुपर्ने १३२ केभीए प्रसारण आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

उक्त प्रसारण लाइन निर्माणका लागि उद्योग मन्त्रालयले गत आर्थिक वर्षको बजेटमा ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

२०७४ देखि निर्माण सुरु भएको बर्दघाट–सर्दी १३२ केभीए प्रसारण लाइन आयोजनामा ६६ वटा टावर निर्माण हुनेछन् । उक्त प्रसारण लाइनबाट तीन वटा विद्युत् सर्किट जानेछन् । जसमध्ये दुईवटा होङ्सी सिमेन्ट उद्योग र एउटा दुम्कीबास अनि सर्दीका स्थानीयका लागि लगिने योजना रहेको पाण्डेले बताए ।

वन मन्त्रालयले विद्युत् प्रसारण लाइन निर्माण क्षेत्रका ५ हजार ६ सय रूख काट्ने अनुमति दिइसकेको छ । दाउन्ने पहाड हुँदै लगिने प्रसारण लाइनका लागि फाउन्डेसन निर्माणको काम अघि बढेको छ ।

१२ हजार टन क्षमताको यो सिमेन्ट कारखाना नेपालकै सबैभन्दा ठूलो हो । कारखानाले हाल दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वैदेशिक लगानी रहेका ठूला कारखानामा विद्युत्, पानी, सडक र सुरक्षा (प्रहरी पोस्ट) नेपाल सरकारले दिने व्यवस्था छ ।

भर्खरै प्रकाशित

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका…

चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल…

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी…

विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन : दिपेन्द…

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको…

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित चुनावी मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा…

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको…

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह’त्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको ह’त्या भएको जानकारी…