ज्याकमाको उथलपुथल : आइपिओबाट ३४ अर्ब डलर उठाउँदै ज्याक माको फाइनटेक कम्पनी

चीनका अर्बपति उद्यमी ज्याक माको फाइनटेक कम्पनी आन्टले ३४ अर्ब डलरको आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्ने भएको छ।

सांघाई र हङकङको सेयरमार्केटबाट आन्टले उक्त रकम उठाउने लक्ष्य राखेको छ। आन्ट कम्पनीको यो आइपिओ संसारमै अहिलेसम्मकै ठूलो आइपिओ हुने द गार्डियनले उल्लेख गरेको छ।

यसअघि सरकारी स्वामित्वको साउदी अराम्को कम्पनीले गत डिसेम्बरमा रियाद स्टक एक्स्चेन्जबाट२५.६ अर्ब डलर उठाएको थियो।

आइपिओबाट उक्त रकम उठेपछि आन्टको पुँजी ३१३ अर्ब डलर पुग्ने छ। आन्टले सोमबार आइपिओका लागि रकम तोकेको हो, अर्को महिनादेखि उसको सेयरको कारोबार हुने अपेक्षा गरिएको छ।

अमेरिकी सेयर बजारमा नजाने निर्णय गरेको आन्टले सांघाई र हङकङबाट बराबर १७.२ अर्ब डलर उठाउने लक्ष्य राखेको छ।

ज्याक माकै अर्को कम्पनी अलिबाबाले आन्ट ग्रुपमा झन्डै ३३ प्रतिशत सेयर पुर्‍याउने भएको छ। त्यसका उसले ७३० मिलियन डलरको सेयर किन्ने सहमति गरेको छ।

५५ औं जन्मदिनका दिन अलिबाबाको अध्यक्षबाट राजीनामा दिएका ज्याक माले नै आन्ट ग्रुपको नेतृत्व सम्हालेका छन्। आन्ट ग्रुपमा आफ्नो सेयर ८.८ प्रतिशतमा झार्ने उनले वाचा गरेका छन्।

मा चीनमा धनीको सूचीमा पहिलो नम्बरमा छन् भने संसारका धनाढ्यमध्ये उनी १७ औं नम्बरमा पर्छन्। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मासँग ६१ अर्ब डलरको सम्पत्ति छ।

आन्टले चीनको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट प्लेटफर्म अलिपे सञ्चालन गरिरहेको छ। योसँगै उसले अरू बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ। अलिपेका मासिक ७० करोड प्रयोगकर्ता छन्।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…