बंगलादेशमा फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन

१२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी सहर ढाकामा मंगलबार हजारौं मानिसहरुले फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन गरेका छन् । फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा नीतिको विरोधमा बंगलादेशमा उक्त प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुत्ला जलाएका थिए । बुधबार ढाकास्थित फ्रान्सेली दूतावासमा प्रदर्शन गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो ।

बंगलादेशको प्रहरीले दिएको जानकारी अनुसार बंगलादेशमा मंगलबार भएको प्रदर्शनमा करिब ४० हजार मानिसहरु सहभागी थिए । यो प्रदर्शन इस्लामी आ’न्दोलन बंगलादेशले गरेको थियो ।

म्याक्रोँले फ्रान्सेली पत्रिका शार्ली हेब्दोमा छापिएको पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेका थिए । जसको कारण इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको हो । नोभेम्बरको सुरुमा पैगम्बर मोहम्मदमाथि बनेको कार्टुनको विषयलाई लिएर एक शिक्षकको ह’त्या भएको थियो । उनै शिक्षकलाई श्र’द्धाञ्जली दिने क्र’ममा म्याक्रोँले कार्टुनको विषयमा नझुक्ने बताएका थिए ।

यसै विषयलाई लिएर इस्लामिक ममुलुकहरु फ्रान्सप्रति असन्तुष्ट बनेका छन् । सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले फ्रान्सेली सामान बहिष्कारको अपिल गरेका थिए । उनले दोस्रो वि’श्वयु’द्धपछि यहुदिलाई जस्तै अहिले मुसलमानविरुद्ध अभियान जारी रहेको बताएका थिए । यद्यपि युरोपका अधिकांश मुलुकले भने म्याक्रोँको समर्थन गरेका छन् । स्रोत :बीबीसी

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…