२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख कमाउँछिन्

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल मिडियामा पोष्ट गरेबापत पैसा कमाउने भन्ने सायदै होला । तर एकजना ब्लगरले भने आफुले इन्स्टाग्राममा गर्ने हरेक पोष्टबाट १५ हजार डलर कमाउँछिन् ।

२२ वर्षे ब्लगर डानियला बर्नस्टेनको इन्स्टाग्राममा ९ लाख ९२ हजार फलोअर रहेका छन् । त्यति ठूलो संख्यामा पछ्याउने मान्छेहरु भएकी युवती देखेपछि विभिन्न कम्पनीहरुको आँखा उनीमाथि नपर्ने कुरै भएन । त्यसैले आफ्ना प्रडक्टको प्रचारका लागि ब्राण्ड तथा कम्पनीहरुले डानियलाको सहारा लिने गरेका छन् । कुनैपनि प्रडक्टको विषयमा डानियालाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेपछि त्यसको जानकारी ९ लाख ९२ हजार मानिससम्म एकसाथ पुग्ने भएकाले कम्पनीहरुले विज्ञापनकै रुपमा त्यसबापत उनलाई मोटो रकम दिने गरेका हुन् ।

उता फेसन ब्लगर्सकै जस्तो गरी डायिनला पनि हरेक दिन विभिन्न पहिरनमा सजिएका आफ्ना तस्वीरहरु इन्स्टाग्राममा पोष्ट गर्ने गर्छिन् । त्यसका साथै उनले आफुले लगाएका पहिरन कहाँबाट तथा कसरी खरीद गरेको हो भन्ने विषयमा जानकारी पनि दिन्छिन् ।

डानियलाका कैयौँ फलोअरहरु उनको यो विज्ञापन शैली हो र यसबापत उनले पैसा लिन्छिन् भन्ने कुरामा अनभिज्ञ छिन् । कतिपय ब्राण्डहरुले भने आफ्ना सामानको प्रचार नगरीकनै पनि डानियलालाई पैसा दिने गरेका छन् । आफ्नो उत्पादनको प्रतिद्वन्दी उत्पादनका विषयमा डानियलाले विज्ञापन नगरुन् भन्नका लागि समेत कतिपय कम्पनीहरुले उनलाई पैसा दिने गरेका हुन् ।

विश्लेषकहरुका अनुसार विश्वका चर्चित ब्राण्डहरुले प्रायोजित इन्स्टाग्राम पोष्टका लागि वर्षेनी १ अर्ब डलर भन्दा बढि खर्च गर्ने गरेका छन् । कम्पनीहरुले गर्ने पैसाको भुक्तानीको दर इन्स्टाग्राम प्रयोगकर्ताका फलोअर्सको संख्यामा निर्भर गर्छ । अर्थात् जति धेरै फलोअर्स हुन्छन् उति धेरै पैसा कमाउने सम्भावना हुन्छ । डानियलाका फलोअर्स १० लाख पुगेपछि उनले इन्टाग्राम पोष्टका लागि थप रकम माग गर्न सक्नेछिन् ।

हार्पर्स बजारका अनुसार यदि तपाइँका इन्स्टाग्राम फलोअर्स लाखको संख्यामा छन् भने बसीबसी ५ सय देखि ५ हजार डलर सम्म कमाउन सक्नुहुन्छ । यदि तपाइँका फलोअर्स ६० लाख भन्दा बढि भएभने तपाइँको शुल्क २० हजार देखि १ लाख डलर सम्म हुन्छ ।

आफुले ठ्याक्कै कति कमाउँछु भन्ने बारेमा प्रष्ट खुलासा नगरेपछि डानियलाले भनेकी छिन्, ‘मैले आफैले कमाएर आफ्नो खर्च चलाएकी छु । मेरो कमाइ छ वाषिर्क ६ अंकमा रहेको छ । मैले आफ्नो खर्च चलाउनुका साथै बचत समेत गरेर लगानी गरेको छु । मैले अझै सिकेर स्मार्ट बन्ने कोसिस गरिरहेकी छु ।’-बिजनेस इनसाइडरबाट

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…